परासी , १६ पुस। नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीमा अपांगता समावेशी तथा पुनरस्थापना सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ।
प्रतापपुर गाउँपालिकाकाे समन्वय सहकार्य तथा युनाइटेड मिसन टु नेपालको सहयोग , सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना एवं अपांगता समावेशी विकास परियोजना अन्तर्गत कार्यक्रम गरिएको हाे।
प्रतापपुर गाउँपालिका कार्यपालिका सदस्य गिता यादवकाे अध्यक्षता तथा वडा नम्बर ३ वडा अध्यक्ष ऋिषिदेव दास पटेलकाे प्रमुख अातिथ्यतामा अपांगता भएकै कारण लगाइने लान्छना तथा भेटभाव न्युनिकरण र अपांगता समावेशीकरण तथा पुनरस्थापना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे।
अभिमुखिकरण कार्यक्रमलाईलाई सम्बाेधन गर्दै प्रतापपुर गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष पटेलले लोकतन्त्रको सुन्दर पक्ष समावेशीकरण भएको हुनाले अपांगता भएका ब्यक्तिहरुलाई पनि राज्यको हरेक निकायमा सहभागीता गराउनुपर्ने बताएका थिए ।अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चितताका लागि सधै आफू र आफ्नो वडा कार्यालय अग्रसर रहनेछन् । उहाले न्यायोचीत रुपमा सवै अपाङगता भएकालाई सीप क्षमता विकासमा आवश्यक कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । अपाङगता भएका ब्यक्तिहरुको लागि ठोस योजना बनाएर अगाडी बढेको बताउदै उनिहरुको क्षमता बिकासको लागि सिप बिकास तालिमको आयोजना हालै सन्चालन गरिने बताउनु भयो ।
प्रतापपुर गाउँपालिका वडा नम्बर ३ अन्तर्गतका ६५ जना सहभागीता रहेको कार्यक्रमकाे सहजिकरण अपांगता समावेशी विकास परियोजनाकाे सहजकर्ता उमेश कुमार बि.कले गर्नुभएको थियो ।
अपांगता समावेशी विकास परियोजना अन्तर्गत नवलपरासीको प्रतापपुर गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकाकाे प्रत्येक वडामा याे परियोजना सन्चालनमा रहेकाे र हाल सबै वडामा अपांगता भएकै कारण लगाइने लान्छना तथा भेटभाव न्युनिकरण र अपांगता समावेशीकरण तथा पुनरस्थापना सम्बन्धि अभिमुखिकरण कार्यक्रम भइरहेको परियोजना संयाेजक श्यामसुन्दर ढुङ्गानाले जानकारी दिनुभएको हाे।
त्यस्तै गणक मार्फत प्रतापपुर गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकामा अपांगता भएको ब्यक्तिकाे पहिचान एवं घरधुरी सर्वेक्षण भइरहेकाे र तथ्यांक अाएपछि अपांगता भएको ब्यक्ति र उनिहरुकाे परिवारलाई विशेष प्राथमिकतामा राखि परियोजनाकाे गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउने युनाइटेड मिसन टु नेपालकाे अपांगता समावेशी विकास परियोजना ब्यवस्थापक अन्जना श्रेष्ठले जानकारी दिनुभएको हाे।