परासी, १० पुष । कोही कोदालो बोक्दै छन त कोही बेल्चा र टोक्री लिएर सिचाई कुलो मर्मत गर्दैछन् । कोही भने सडकका खाल्डाखुल्डी पुर्नमा व्यस्त देखिन्छन । यो दृश्य पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा ३ देखि वडा ७ को विभिन्न ठाउँमा यस्तै दृश्य देखियो । काममा खटिएका ती सबैको एकै उद्देश्य थियो सिचाई कुलो मर्मत गर्ने र सडकको खाल्डाखुल्डी पुर्ने । विगतका ३ बर्ष सम्म लागातार कोभिड–१९को मार र अहिले झेलिदै आइएको आर्थिक संकटका कारण गाउँले महिला र पुरषहरु रोजगार पाउँदा निर्क उत्साहका साथ काममा खटिएको देखिन्छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरावल गाउँपालिकाले तय गरेको योजना कार्यान्वयनमा खटिएका यि मजदुराहरु निकै मिहिनेतले काम गरेको गाउँपालिकाका रोजगार शाखा प्रमुख नेत्र भण्डारीले जानकारी दिए । स्थानीय किसमती चौधरी गाउँको सिचाई कुलो सफा गर्ने काम पाउँदा खुशी भएर काममा लागिन । यो काम उनको पहिलो र गाउँमै काम गर्न पाउदा निकै रमाएर काम गरिन । उनी भन्छिन् । ‘‘त्यस अघि किसमित चौधरी, गाउँमा खासै काम पाउँदैन्थीन् । उनीसँग सिलाईको (कपडा सिलाउने) सीप पनि छ र काम गर्ने जाँगर पनि छ तर गाउँमा काम छैन भन्छिन् । महिनामा मुस्किलले २÷४ कपडा सिलाउने काम पाइन्छ, त्योपनि अरुले भनेको न्यून मूल्यमा काम गर्नुपर्छ, त्यसले घर खर्च चलाउन निकै समस्या भईरेको सुनाईन् ।” तर उनी गाउँपालिका मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमको योजनामा श्रमिकका रूपमा छानिएपछि घर खर्च जुटाउने चिन्ता हटेको उनले बताईन् । उक्त कार्यक्रम अन्तर्गत १०० दिनको रोजगारी पाउदा उनी र उनको घरपरिवार खुश छ ।
उनी मात्र होइन, स्थानीय रकिम महोमद दर्जी पनि गाउँमै काम पाउन थाले । गाउँघरमा ज्यालामजदुरीका काम गर्दै आएका दर्जीपनि लामोसमयसम्मको काम खोज्दै थिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको योजनामा रोजगारी पाएपछि उनीपनि निकै खुसी रहेको सुनाए । गाउँमा सिचाई कुलो बन्न थालेपछि श्रमिक दङ्ग छन नै, स्थानीयमा समेत उत्साह छाएको छ । सिचाई कुलो मर्मत नहुँदा पाएको सास्ती हट्ला भन्ने आशा छ कृषि उत्पादनमा वृद्धि हुने विश्वास पनि किसानमा बढेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलका अनुसार यस वर्ष न्यूनतम ६३ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराईने र सबै कामदारको कार्यस्थल दुर्घटना बीमाको व्यवस्था गरीएको छ । यसका साथै यसै वर्ष सरावल गाउँपालिकामा रोजगार बैंक स्थापना गर्ने योजना रहेको छ । ति कामदारहरुलाई दैनिक ५ सय ७७ रुपैयाँका दरले ज्याला दिइने र सबै श्रमिकको ज्याला बैङ्क खाताबाट भुक्तानी गरिने पालिकाको योजना छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारी पाएपछि घर खर्च चलाउन निकै सहज भएको लालती धोबीले बताइन । त्यो कार्यक्रमबाट कमाएको ज्यालाले केही महिना घर खर्च चल्ने, उनले सुनाइन । उक्त कार्यक्रमले श्रमिकलाई घर खर्चको जोहो मात्रै गरेको छैन, पूर्वाधार विकास गरी स्थानीयको जीवनयापन पनि सहज बनाएको छ ।
‘श्रमिकको सुरक्षामा चुनौती’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत सबै कामदारको कार्यस्थल दुर्घटना बीमाको व्यवस्था गरीएको भएता पनि श्रमिकको सुरक्षामा ख्याल गर्न आवश्यक रहेको छ । ‘श्रमिक सुरक्षाका उपकरण नलगाई काम गरिरहेका छन । रोजगार उपभोक्ता समितिले सामग्री किन्न पाउँदैन । श्रमिकले किन्न मान्दैनन्। यसले उनीहरूको स्वास्थ्य सुरक्षामा केही चुनौती देखिएको छ । श्रमिकको सुरक्षाकालागि ह्यान्ड ग्लोब्स, चस्मा, बुट, हेड क्यापलगायतका सामग्री आवश्यक रहेको र आगामी वर्ष गाउपालिकाले आवश्यकता नुसार व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता कस्तो छ त ?
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तराईमा सिचाई कुलो मर्मत संभार सम्बन्धी योजनाएकदमै प्रभावकारी रहेको सरावल वडा नं ६ अध्यक्ष छोटेलाल गुप्ताले बताउनु भयो। यस योजनाले बेरोजगारलाई घर खर्च चलाउन सहज भएको छ,’ उनी भन्छन, ‘यससँगै पूर्वाधार विकासमा पनि यसको भूमिका सह्रानीय छ । गाउँपालिकाका स्थानीय भने यो कार्यक्रम अन्तर्गतका योजनाको प्रभावकारिता राम्रो रहेको बताउँछन। यो कार्यक्रमबाट बेरोजगारले १०० दिन भए पनि रोजगारी पाएका छन। सिचाई कुलो लगायत पूर्वाधार निर्माणमा पनि सहयोग पुगेको छ,’ उनीहरू भन्छन ।
यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तहसँग सामग्री खरिदमा साझेदारी गर्नुपर्ने गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको सुझाव छ।अहिले यो कार्यक्रम श्रममा मात्रै आधारित छ। अर्थात यस कार्यक्रम अन्तर्गतका योजनामा सामग्री खरिद गरिँदैन,’उनी भन्छन, ‘सामग्री भएन भने योजना त्यति प्रभावकारी हुँदैन। उदाहरणका लागिबाटो बनाउँदा खनेर मात्रै हुँदैन । कतिपय ठाउँमा पर्खाल लगाउनु पर्ने हुन सक्छ। यसका लागि सामग्री चाहिन्छ।‘सामग्री आवश्यक नभएका योजनामा त श्रममामात्रै खर्च गरियो। तर, सामग्री आवश्यक भएका योजनाका लागि आगामी दिनमा गाउँपालिकाको बजेट बाट सामग्री किन्ने ’ उनले सुनाए, ‘यसले काम पनि दिगो बन्यो ।उनी सिँचाइ, खानेपानीलगायतका योजनामा सामग्री प्रयोग आवश्यक रहेको बताउँछन्। सडकका कुनै योजनामा पनि सामग्री आवश्यक पर्छ,’ उनी भन्छन्, ‘ती योजनामा सामग्री प्रयोग नगरिए दिगो बन्दैनन।
प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलपनि गाउँपालिकाका निवर्तमान अध्यक्षको भनाइमा सहमत छन। श्रमसँगै सामग्री प्रयोग गरे यो कार्यक्रम थप प्रभावकारी हुने उनको भनाइ छ ।उनी प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नै भएको दाबी गर्छन ।यस कार्यक्रमको उद्देश्य बेरोजगारलाई न्यूनतम रोजगारी दिनु हो। सँगै पूर्वाधार विकास पनि यसको उद्देश्य हो। यस आधारमा यो कार्यक्रम प्रभावकारी भएको छ,’ उनी भन्छन ।रोजगार बैंक स्थापना सहित वैदेशिक रोजगारीका कल्याणकारी तथा श्रम सम्बन्धि काम गर्न रोजगार सेवा केन्द्र अगाडी बढेको उनले बताए।