परासी, ९ पुष । सुस्ता गाउँपालिकाले ठुलो क्षेत्रफलमा सुस्ता नमुना ताल बनाउने भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आफनो नगरक्षेत्र भित्र ठुलो एरियामा सुस्ता नमुना ताल बनाउन ५० लाख रुपैया बिनियोजन गरेको छ । गाउँपालिका वडा ३ को मर्चहवाँ–नर्सही संग जोडिएको डेढ सय विगाहा जलाशयमा ठुलो सुस्ता नमुना ताल बनाई सिमसार क्षेत्रको संरक्षणमा पालिका प्रकृया अगाडी बढाएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी दिए । अध्यक्ष उपाध्यायले भने, ताल बनाउन पालिकाले लागत सहभागिताको रुपमा ५० लाख रुपैया बिनियोजन गरेको र यसको वृहद गुरुयोजना बनाई लुम्बिनी प्रदेश सरकार संग थप १० करोड रुपैया समेत माग गरिएको जानकारी दिए ।
सुस्ता गाउपालिका कुडिया मर्चहवा र नर्सही गाउको विचमा रहेको उक्त ढेड सय विगाहाको जलासयलाई नमुना तालको रुपमा ब्यवस्थित र संरक्षण गर्नका लुम्बिनी प्रदेश सरकारसँग १० करोड रकम गरिएको र रकम आएपछि उक्त तालको ठेक्का आव्हान गरि निर्माण कार्य अगाडी बढाउने अध्यक्ष उपाध्यायले बताए ।
बर्षाैं देखी गण्डक नदीको छाडन भनेर चिन्ने गरिएको उतm जलासयमा गोही लगायतमा बिभिन्न जलचरहरु रहेका छन । पटेरले भरिएको छ । सो जलासयलाई जैविक विविधताको संरक्षण गर्दै तालको रुपमा परिणत गरिने छ । जहाँ पर्यापर्यटनका लागि पनि धेरै पर्यटक आउन सक्ने स्थानिय रामु अर्यालले जानकारी गराए । विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि केही काम गरेको थियो । विचमा बेवारिसे जस्तै भयो । अर्यालले भने,अहिले गाउपालिका र प्रदेश सरकारले यसमा काम गर्न लागेको सुन्न पाइयो,धेरै खुशी लागेको छ ।
वेवारिसे सो जलासय ताल र सिमासारको रुपमा विकास हुनेछ ,यो एउटा विश्वसम्पदामा जान सक्ने सम्भावना देखिएको छ । ब्यवस्थापन पछि सिमसार सम्बन्धि रामसार महासन्धि अनुसार सुचिकृत हुने र विश्व सम्पदाको स्वरुप पाउनेमा उनले विश्वास ब्यतm गरे । सुस्ता गाउपालिकालाई पर्यापर्यटन र जैविक विधिताको पहिचान गराउने छ । स्थानियलाई आर्यआर्जनको माध्यम पनि हुनेमा उनले विश्वास ब्यतm गरे । स्थानियबासीले धेरै बर्ष देखी यो जलासयको संरक्षण गरि ताल बनाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए । तर हुन सकेको थिएन् । अहिले स्थानिय सरकारको रुपमा रहेको सुस्ता गाउपालिकाले निर्णय गरि अग्रसरता लिएको छ । यसमा स्थानियबासीको भरपुर सहयोग हुने अर्यालको भनाई थियो ।
स्थानियबासीको माग अनुसार नै सो जलासयलाई सिमासार र सुस्ता नमुना तालको रुपमा चिनाउनका लागि बजेट विनियोजन भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । गाउपालिकाले आफ्नो स्रोतबाट ५० लाख रुपिया यो चालु आर्थिक बर्ष २०७९÷०८० मा नीति कार्यक्रमसँगै बजेट समेत विनियोजन गरेको छ । सो रकमले प्रयाप्त नदेखिए पछि लागत सहभागिताका रुपमा सो रकम राखेर प्रदेश सरकारसँग थप १० करोड रुपिया प्रस्ताव गरिएको छ । सो रकम पर्ने सम्भावना छ । एकिकृत रुपमा जलासयको पहिलो चरणमा समाँकन गरिने छ । तत्पश्चात यसलाई गुरुयोजना बनाई काम थाल्ने उनको भनाई थियो ।
गण्डक नदीले विगत बर्षमा आफ्नो धार परिवर्तन गरि पश्चिम तर्फ फर्केको थियो । पछि गण्डक बाँध बाधेर नदीको धार पुर्व तर्फ फर्काइयो । त्यही बेला देखी सो क्षेत्र जलासयको रुपमा रहेको छ । स्थानिय स्तरमा त्यसलाई छाडन भनेर चिन्ने गरिएको छ । छाडन भनेको गण्डक नदीले आफ्नो मुलधारबाट छाडेर गएको जलासय हो । त्यसमा जलचारहरुको बास बनेको छ । सो जलासयमा साईबेरियन लगायत विदेशी चराहरु समेत आउने गरेका छन ।
करिब १० देखी १५ मिटर गहिराई भएको अनुमान गरिएको छ । प्राकृतिक रुपमा रहेको उतm जलासय आयआर्जनको स्रोत पनि बन्ने र सिमासारको रुपमा रहने गरि पर्यापर्यन गराउने गरि सजाउने योजना रहेको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन । यो सुस्ता गाउपालिकाको मात्रै सम्पदा रहेको छ,उनले भनिन्,ब्यवस्थित गरेर यसलाई राष्ट्रिय सम्पदा बनाउदै विश्व सम्पदामा समेत सुचिकृत गराउने गरि गाउपालिका लाग्ने उनको भनाई थियो ।