सडक छिटाे पिच गराउन सांसद अर्बपति चौधरीले सम्बन्धित निकायमा गर्न थाले पहल

0
285

परासी, ९ पुष । तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको पश्चिम नवलपरासीमा सञ्चालीत दुई ठुला निमार्ण योजनाको कामले गति लिएको छ । विभिन्न सडकको निर्माण कार्यले लामो समय देखि गति लिन नसकेको अबस्थामा यस क्षेत्रका नव निर्वाचित सांसद अर्बपति विनोद चौधरीकोे पहल पश्चात ठेकेदार कम्पनी तथा सरकारी निकायहरूले कामलाई तिब्रता दिएका छन्

जस अनुसार नारायणचोक देखी त्रिवेणी जोड्ने रानीनगर सम्मको सडक करिव १५ किलोमिटर सडक साथै बेलाटारी देखी कठहवा सम्मको करिव ९ किलोमिटर सडक उन्नतीका कामलाई पछिल्लो पटक तिब्रता दिईएको छ । सांसद चौधरीले आयोजनावारे चासो व्यक्त गरेर सडक बिभागका महानिर्देशक हुलाकी सडक आयोजनाका प्रमुख र हुलाकी सडक कपिलवस्तु— नवलपरासी सडक खण्डका आयोजना प्रमुख र तथा निमार्ण कम्पनी संग कुरा गरेर कामलाई तत्काल गति बढाउन निर्देशन दिए पछि दुवै निमार्ण योजनाको कामले द्रुत गति लिएको हो । लामो समयसम्म काम रोकिएर अलपत्र परेको योजना सांसद चौधरीको पहल पछि दुवै आयोजनाको कामले तिब्रता लिएपछि स्थानीयमा खुसीयाली छाएको प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश कुमार यादवले जानकारी दिनुभयो ।

नारायणचोकी देखी त्रिबेणी जोड्ने रानीनगर सम्मको करिव १५ किलोमिटर सडक स्तरन्नतीको काममा करिव ४७ वटा कल्भड बन्नेछन् भने सडक मध्ये नाला भएको क्षेत्रमा १२ मिटर र नाला नभएको क्षेत्रमा ७ मिटर कालोपत्रे हुनेछ । हाल करिव ४० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमार्ण कम्पनी ब्रज गु? र महालक्ष्मी जेवीले कुल ५७ करोडको लागतमा उक्त सडकको स्तरउन्नती गर्न निमार्ण गर्ने जिम्मा पाएको थियो । यसैगरी बेलाटारी देखी कठहवा सडक खण्डको करिव ९ किलोमिटर सडक स्तरन्नतीको काममा करिव ८ वटा कल्भड बन्नेछन् । हाल करिव ५० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमार्ण कम्पनी कन्टेक प्रा।लीले कुल २७ करोडको लागतमा उक्त सडक निमार्ण गर्ने जिम्मा पाएको थियो ।

प्रतापपुर २ गोपीगञ्जका करिव ५५ बर्षिय भजन प्रसाद चौधरीका अनुसार तीन बर्ष देखी बन्न सु?गरेपनि खासै काम हुन सकेको थिएन् हाम्रो नवनिर्वार्चित सांसद चौधरीले तत्काल पहल गरेपछि सडक निमार्णको काम धमाधम हुन थालेपछि खुसी व्यक्त गर्नुहुन्छ । दुवै योजनाह?लाई काम तिब्र ?पमा अघि बढाउन निमार्ण कम्पनी तथा सकारी निकायबाट काम अघि बढाईएको हुलाकी सडक आयोजनाका आयोजना प्रमुख विण्णुदेव पाण्डेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here