परासी, ६ पुस । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ पुसाैलीमा अवस्थित जनजागृति अधारभुत विद्यालयकाे नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । बुधबार विद्यालयमा भएको अभिभावक भेलाले सफिउल्लाह अन्सारी विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित ९ जना पदाधिकारी चयन गरिएको जनजागृति अधारभुत विद्यालय पुसाैलीकाे प्रधानाध्यापक ब्रम्हा पटेलले जानकारी दिनुभएको छ ।
विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । अन्य पदाधिकारीमा सदस्यहरु रसुल अन्सारी ,लक्ष्मी कुमारी चाैधरी ,सितारा नेशा, संगिता कुमारी हरिजन ,अकबर चुरिहार , पदेन सदस्य वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता , शिक्षक प्रतिनिधि महबुब अन्सारी तथा सदस्य सचिव विद्यालयका प्र.अ ब्रम्हा पटेल रहनुभएको छ ।