सुनवलको बिएण्डबि सप्लार्यको सटरमा आगलागी हुँदा करोडौंको क्षति

0
240

परासी, ७ पुष । गएराती सुनवल नगरपालिका वडा १ स्थित डि एण्ड बि सप्लायर्सको व्यवसायिक सटरहरुमा आगलागी भएको छ । बुधबार राती १ बजेको समयमा सटरहरुमा आगलागी हुँदा समयमै आगो निभाउन नसकिएपछि आगोले ठुलो रुप लिएको हो । उक्त आगलागी विद्युत सर्ट भएर लागेको अनुमान गरिएको छ । सटरहरुमा आगलागी हुँदा ६ वटा मोटर ग्यारेज, टायर पसल, ब्याट्री पसल, मोटर पार्टस, होटल, गोदामहरु जलेर पूर्ण क्षति भएको स्थानिय जिवन पौडेलले जानकारी दिनु भयो ।

आगोले मानविय क्षति भने हुन पाएन । सटरहरुमा आगलागी भएपछि रामग्राम, बर्दघाटको दमकल, नेपाल तथा शसस्त्र प्रहरी, प्रदेशसभा सदस्य खडक बस्नेत, सुनवलका संस्थापक मेयर भिम बहादुर थापा, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, र सोमनाथको स्थानियहरुको प्रयासले राती नै आगो नियन्त्रणमा लिइएको स्थानियले पौडेलले जानकारी दिए । अागाे निभाउदा स्थानिय साधन श्राेतकाे भरपुर प्रयाेग गरियाे ।

आगलागी हुँदा करोडौ रुपैयाको क्षति भएको अनुमान गरिएपनि यकिन क्षतिको विवरण भने आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here