परासी , २ पुस । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ रामपुर खडाैना स्वास्थ्यचाैकी पुसाैलीमा निःशुल्क चर्म रोग (छाला) सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सरावल गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा भएको शिविरमा १ सय ९५ जनाको स्वास्थ्य परिक्षण गरिएको र सो मध्य १ जना संकास्पद कुष्ठरोगी फेला परेको सरावल स्वास्थ्यचाैकी प्रमुख सुमन पन्तले जानकारी गराएका छन।
शिविरमा छालाराेग बिशेषज्ञ डाक्टर शर्मिला त्रिपाठी र मेडिकल अधिकृत डाक्टर बिष्णु बि.ककाे नेतृत्वको चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा चेकजांच गराउने मध्ये १ जनामा संकास्पद कुष्टरोगी भेटेको छ। निशुल्क चर्मरोग छाला शिबिरमा चेकजाच गराउने रोगीहरुलाई अौषधी समेत बितरण गरेको थियोे ।