अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

0
345
सरावल, २२ भदौ । नवलपरासीको सरावल गाउँपालिका ३ स्थित महेन्द्र मा.बि काे प्रांगणमा सरावल गाउँपालिकाब्यापि अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियाेगिता शुकरबार सम्पन्न भएको छ । सरावल गाउँपालिकाकाे अायाेजना तथा माेटिभेट न्युज, हरेकपल डटकम र भाईब्रेसन मिडियाकाे सहयाेगमा निजामती कर्मचारी दिवसको अवसरमा महेन्द्र मा.बि का प्र.अ धनिराम बि.क.काे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा सरावल गाउँपालिकाब्यापि अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै सरावल गाउँपालिका प्रमुख चाैधरीले बालबालिका भनेकाे देशका कर्णधार हुन । बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथिहरू ठुलाे भुमिका खेल्दछन । साथै यस्ता अान्तरिक कृयाकलाप समय समयमा गर्न एकदमै जरुरी रहेकाे छ भन्ने कुरामा जाेड दिनुभएको थियाे।
प्रतियोगितामा प्रथम महेन्द्र जनता मा.बि गडाैरी द्धितिय मुनलाईट एकेडेमी बासा र तृतीय सालबास सनराईज सालबास भएको छ । बिजेता हुनेलाई नगद रु. ९ हजार, ६ हजार र ३ हजार शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा सरावल गाउँपालिका उपप्रमुख उतमा राय , कार्यकारी अधिकृत झबिश्वर रेग्मी ,वडा नं ३ वडा अध्यक्ष अणेन्द्र राय,सरावल अन्तर पाटि महिला सन्जाल अध्यक्ष मिना चाैधरी ,महेन्द्र मा.बि का विद्यालय बेवस्थापन समिति अध्यक्ष भाेज बहादुर चाैधरी लगायतले बाेल्नुभएकाे थियो । साे हाजिरी जवाफ प्रतियाेगितामा सरावल गाउँपालिकाका १४ अाेटा विद्यालयका बिद्यार्थीहरुकाे सहभागीता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here