कावासोतीमा भव्यताका साथ नेपाल निजामति सेबा दिबस मनाइयो

0
291


कावासोती, २२ भदौ । नतिजामुखी प्रशासन ,समृद्धि र सुशासन भन्ने नाराका साथ यो बर्षको नेपाल निजामति सेबा दिबस पूर्बी नवलपरासीमा भब्यताका साथ सम्पन्न भएको छ । निजामति सेबा दिबसको अबसरमा शुक्रबार बिहान कावासोतकिो फलफुल चोकबाट कर्मचारीहरुको प्रभातफेरी कार्यक्रम शुरु भै कावासोती बजार परिक्रमा गरि कावासोती नगरपालिकाको सभाहलमा कार्यक्रममा परिणत भएको थियो ।

नेपाल निजामति सेबा दिबस २०७५ समारोह समितिको आयोजनामा भएको सो कार्यक्रममा नवलपुर जिल्ला अदालतका मुख्य न्यायधीश पूर्ण प्रसाद बास्तोलाले निजामति कर्मचारीहरु राष्ट प्रति सधैं जिम्मेवार र सम्बेदनशील हुनुपर्नेमा जोड दिए । कर्मचारी संयन्त्र बलियो नभए सम्म मुलुक अघि बढन नसक्ने भएकाले कर्मचारी जनताको सुख दुखमा सधैं दत्त चित्त भएर लाग्नु पर्ने बताए ।

मूख्य न्यायधीश बास्तोलाले निजामति सेबा लाई समय सापेक्ष अघि बढाउनु पर्ने र त्यसका लागि सबैले जिम्मेवार हुनु पर्ने बताए ।
अर्का जिल्ला न्यायधीश पुनाराम खनालले निजामति सेबा स्वच्छ र निष्कलंकीत हुनु पर्ने बताउँदै यसको गरिमा बढाउन स्यंम निजामति कमृचारीहरु सम्बेदनशील बन्नु पर्ने बताए ।

समारोह समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले निजामति सेबा राष्टको प्रमुख गहना भएकाले यसको आर्कषण बढेको र हामीले यसलाई जीबन्त राख्न सक्षम हुनु पर्नेमा जोड दिए । उनले नेपालको निजामति प्रशासनको प्रशासा गर्दै यसलाई सबैले आर्कषणको पेशा ठानेका र भबिष्यमा थप आर्कर्षित बनाउन कर्मचारीको योगदान महत्वपूर्ण हुनेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष होमराज रानाभाट, जिल्ला समन्बय अधिकारी तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष बिजयराज पौडेल, मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिबराज सेंढाई, डिभिजन बन कार्यालयका चमेली नकर्मी, उद्योग बाणिज्य संघका अध्यक्ष डाँसुराज पोखरेल, लगायतका बक्ताले निजामति कर्मचारी दिबसको अबसरमा शुभकामना ब्यक्त गरे ।

निजामति कर्मचारी दिबसको अबसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी नेपाल पत्रकार महासंघ र कर्मचारी मिलन केन्द्रलाई प्रशासा पत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here