परासी, २८ मंसिर । एतिहासिक एवं पुरातात्विक धार्मिक स्थल पण्डितपुर संरक्षण र विकासको अभावमा यसको अस्तित्व नै गुम्दै गएको छ । शान्तीका अग्रदुत गौतम बुद्धको मावली तथा कोलिय गणराज्यको राजधानी (रामग्राम) पण्डितपुरलाई सम्बन्धित निकायले विकास र संरक्षण प्रति चाँसो नदेखाउदा यसको अस्तित्व नै गुम्दै गएको छ । पण्डितपुर गाउँ, ईसापुर्व ७ वर्ष पहिला पण्डितपुर तत्कालि कोलिय गणराज्यको राजधानी रामग्राम र शान्तीका अग्रदु गौतम बुद्धको मावली रहेको थियो । यो पवित्र धार्मिक एवंं पुरातात्विक स्थल पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १८ हाल पण्डितपुर गाउँमा पर्दछ ।
तत्कालि कोलिय राजधानीमा कोलियका राजाहरु बस्दथे । यस कोलिय राजधानी भित्र ११ वटा नगर राज्य पनि रहेको ईतिहास छ । कोलिय गणराज्यका राजधानी र बुद्धको मावलीको रुपमा रहेको यस पुरातत्व क्षेत्रमा लामो समसयदेखि पण्डितपुर गाउँ बसी यहाँ खेतीपाती हुदै आएको छ । यहाँका स्थानिय किसानहरु पुरातत्व क्षेत्रमै जमानादेखि खेतीपाती गर्दै आएका छन् । सो क्षेत्रमा पुरातत्व विभागले कुनै पक्की संरचना नबनाउन र सो क्षेत्रलाई कुनै हानीनोक्सानी नगर्न भनि बोर्ड लगाएपनि स्थानियले अवज्ञा गर्दै धमाधम सो क्षेत्रमा पक्की घरहरु बनाई रहेका छन भने खनजोत, बरबगैचा र खरखरिहान बनाई भोग गर्दा पुरातात्विक बस्तुहरु नष्ट भैरहेको रामग्राम स्तुप संरक्षण प्रवद्र्धन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायको बताउनु भयो ।
यस क्षेत्रको संरक्षण हुन नसकेकाले यो क्षेत्र पुरै त्यहाँका स्थानिय जनताको कब्जामा छ । यसको संरक्षणमा पुरातत्व भिवाग, रामग्राम नगरपालिका, स्थानिय प्रशासानहरुले चाँसो देखाएको पाईदैन । त्यहाँका स्थानियले जे चाहे गर्छन कसैलाई केहि मतलब छैन । स्थानियले खेत जोताई गर्दा अथवा घर बनाउनका खन्दा विभिन्न मौर्यकालिन प्राचिन बस्तुहरुको स–साना टुक्राहरु फेला पर्ने गर्दछ तर त्यसको संरक्षण हुन नसक्दा क्षेत्र र बस्तु नष्ट भएर जाने गर्दछ भने यसको विकासको जिम्मा पाएको लुम्बिनी विकास कोषले पनि यहाँ ध्यान नदिएको स्थानय बुद्धन अलिको आरोप छ । यता रामग्राम नगरपालिका रामग्राम स्तुप र पण्डितपुर लगायत बौद्ध क्षेत्रको संरक्षण र विकासमा पालिका स्तरबाटै पहल गरि काम गर्ने जनाएको छ ।
वि.स २९७१ सालमा पुरातत्व विभागले पुरातत्व विद तारानन्दन मिश्र र पुरातत्व विभागका कर्मचारी भाष्करराज ज्ञवालीको नेतृत्वमा यस क्षेत्रको उत्खनन गराई विभिन्न प्रमाणहरु समेत फेला परिसकेपनि यसलाई अधिकारिक रुपमा रामग्राम हो भिन घोषणा गर्न सकेको छैन । त्यतिबेला १५ दिनसम्म उत्खनन हुँदा उक्त टोलीले मौर्यकालिन खाल्टो, मानव मुर्ति, पशु मुर्ति, टेराकोटा (टिसी), टिसी विट, माटोको चरा, कार्ने लियन बिड, स्टोन विड, रेडवे, एनविपी वेयर, ग्रेवयर, रुपटायल, इटाहरु लगायतका प्राचिन बस्तुहरु फेला परेको थियो भने मौर्यकालमा बनेको ईनारहरु पनि फेला पारेको उत्खनन टोलीले जानकारी गराएको थियो ।
करिब ६० विगाहा क्षेत्रमा फैलिएको सो पुरातत्व क्षेत्रमा उत्खनन गर्दा फेला परेको ति मौर्यकालिन बस्तुलाई एक औपचारिक कार्यक्रममा सार्वजनिक गर्दै यहि नै बुद्धको मावली र कोलिय गणराज्यको राजधानी रहेको उत्खनन टोलीले पुष्टयाएपनि त्यसको अधिकारिक प्रतिवेदन अझैसम्म पुरातत्व विमागले सार्वजनिक नगरेको र यसलाई बैधानिक रुपमा घोषणा पनि नगरि ओझेलमा राखेको स्थानियको आरोप लगाउछन् । यता पुरातत्व विभागले पुनः यस क्षेत्रको उत्खननका लागि अहिले दुराहाम विश्वविद्यालय बेलायतको प्राविधिक सहयोगमा उक्त क्षेत्रका ८० प्रतिशत एरियामा जियिफिजिकस् सर्वे गरिसकेको र आगामी पुषमा यसको प्रतिबेदन आएपछि यस क्षेत्रको पुष महिनाबाटै विधिवत रुपमा उत्खनन गरि प्रमाणहरु जुटाउने योजनामा पुरातत्व विभाग रहेको जानकारी दिएको छ ।