बडहरा दुबाैलिया आयआर्जन बचत सहकारी संस्थाकाे २४ औं वार्षिक साधारण सम्पन्न

0
235

परासी, २८ मंसिर । नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -५ बडहरा स्थित बडहरा दुबाैलिया आयआर्जन बचत तथा ऋण सहकारी संस्था लि. काे २४ औं वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । सहकारीका अध्यक्ष विरेन्द्र प्रसाद यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिकाकि उपाध्यक्ष बासमती चमार (हरिजन) काे प्रमुख अतिथतामा सम्पन्न भएको २४ औं वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चमारले सहकारीले सेयर सदस्यहरुलाई प्रदान गरेको सेवा सुविधा र ऋण लगानी समान जनक रहेको बताउनुभयो । उहाँले सहकारीका सम्पूर्ण सेयर सदस्यहरुलाई सहकारीलाई अगाडि बढाउन समयमै ऋण लिएको काराेबार लेनदेन गरी सहयोग गर्ने आग्रह समेत गरेका थिइन् । उहाँले सहकारीले बनाएको निति नियम तथा सहकारीमा आबद्ध सदस्यहरुकाे कार्य प्रगति अनुसार गरेको समान र प्रदान गरेको सेवा प्रति खुसि ब्यक्त गर्दै सहकारीमा आबद्ध सम्पूर्ण सेयर सदस्यहरुलाई धन्यवाद समेत दिएका थिईन ।

२४ औं वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रममा अध्यक्ष यादवले प्रतिवेदन एवम् वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै २०७९ असाढ मसान्तसम्म रु १,६३,०२,४००/- शेयर पुँजी रहेको बताए । साथै सहकारीले रु ६०,२७,१५१/- शुद्ध नाफा गरेको बताउदै रु ८९,५२,९१०/- खुद मुनाफा गर्ने लक्ष्य राखेको बताउनुभएको थियो । सहकारीका व्यवस्थापक रामचन्द्र राजभरले वार्षिक लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गर्दै सरावल गाउँपालिका वडा नम्बर -३,४,५ र ६ कार्यक्षेत्र रहेको यश सहकारीमा महिला १४८९ जना र पुरुष ५४७ जना गरि २०३६ कुल सदस्य संख्या रहेको बताउनुभयो । साथै सहकारीले कृषि, पशुपंक्षी पालन , व्यापार व्यवसाय ,बैदेशिक राेजगार , घर जग्गा र अन्य क्षेत्रमा ऋण लगानी गर्ने बताउनुभएको थियो। साथै सहकारीमा आबद्ध भई सकृय सहयोगीकाे रुपमा सहयोग गर्ने २४ जना सकृय सहयोगी सदस्य ,२१ जना उत्कृष्ट बचत कर्ता ,२० जना असल ऋणी र २३ जना बृद्ध सदस्यहरुलाई विभिन्न समानद्वारा समानित गरिएको थियो ।

अधिवेशनबाट सञ्चालक समितिका अध्यक्ष विरेन्द्र प्रसाद यादवकाे अध्यक्षतामा पुन ११ सदस्यीय समिति चयन गरिएकाे छ । त्यसैगरी शिक्षा उपसमिति ५ सदस्यीय , ऋण असुली उपसमिति ५ सदस्यीय ,ऋण उपसमिति ३ सदस्यीय ,लेखा समिति ३ सदस्यीय र सल्लाहकार उपसमिति ७ सदस्यीय गरि २४ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट समिति चयन गरिएको हाे । कार्यक्रममा विशिष्ट अतिथि सरावल गाउँपालिका कृषि शाखा प्रमुख कुलदिप मिश्र ,सहकारी प्रमुख निशा चाैधरी , सरावल गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष सुरेश यादव , ५ का वडा अध्यक्ष लक्षुमण प्रसाद चाैधरी , ६ का वडा अध्यक्ष छाेटेलाल गुप्त , ५ का पुर्व वडा अध्यक्ष दिनेश सहानि अतिथि जय बजरङ्ग ईट्टा उद्योग ( UBI ) का म्यानेजर जनमजय यादव , समाजसेवी गाेपिचन्द हरिजन,रेडियो परासीका संवाददाता सुरेश यादव , पत्रकार रुपेश राजभर , महेश यादव लगाएतका अतिथिहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन सहकारीका लेखा संयाेजक शैलेश चाैधरीले गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here