परासी, २८ मंसिर । पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका–४ टिसिएन चोक स्थित १७ लाख बराबरको मोबाइल प्रहरीले बरामद गरेको छ। पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जादै गरको लु २ ख ७५६ नम्बरको यात्रुबाहक बसलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटाइएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बसमा ५ वटा प्याकेटमा लुकाईछिपाइ राखेको अन्दाजी १७ लाख मुल्य बराबरको १०० थान मोबाइल फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी जनाएको छ। बरामद मोबाइललाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कार्यालयले जनाएको छ।