परासी , २६ मंसिर। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको रजस्वला तथा पाठेघर सम्वन्धी समस्याको उपचारात्मक सेवा कार्यक्रम गरिएको छ । प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बसहियामा अवस्थित गणेश मा.वि बसहियाको १ सय ५० जना किशोरीहरूलाई रजस्वला तथा पाठेघर सम्बन्धि समस्याको उपचारात्मक सेवा कार्यक्रम गरिएको हो । कार्यक्रममा गुठी परसौनी आयुर्वेद औषधालले वितरण गरेको प्रतापपुर आयुवर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्राले जानकारी दिए । वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका .प्रतापपुर गाउँपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले किशोरीहरु रजस्वला र पाठेघर सम्बन्धि समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले वितरणमा सहयोग गरेको र आउने दिनमा यी समस्याहरुलाई समाधान गर्न गाउँपालिका थप योजनाका साथ बजेट बिनियोजन गरि प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । प्रतापपुर गाउँपालिका भित्रका आम नागरिक सबै स्वस्थ हुनुपर्ने कुरामा जोड दिदै स्वास्थ्य तर्फ मध्यनजर गर्दै गाउँपालिका निकै प्रभावकारी रुपमा अगाडि बढदै गईरहेको जानकारी दिए । स्वास्थ्य समस्या हुने बितिकै गाउँपालिकामा रहेको स्वास्थ्य शाखा, आयुर्वेद शाखामा सम्पर्क गरि औषधि उपचार गराई स्वस्थ हुन सबैमा आग्रह गर्दै प्रतापपुर आयुर्वेद शाखाले विभिन्न समयमा स्वास्थ्य सामाग्री, औषधि बितरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आयुर्बेद शाखाले निशुल्क रुपमा विभिन्न रोगको आयुर्बेद औषधि समेत लामो समय देखि गर्दै आएको छ ।