कहिले सम्पन्न होला सुस्ताको झोलुङ्गे पुल ? पुल नबन्दा जोखिपुर्ण डुङ्गायात्रा गर्न बाध्य सुस्ताबासी

0
144

परासी, २६ मंसिर । सात बर्षमा पनि सुस्ताको झेलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्नु परेको छ । ठेकदारको चरम ढिलाईका कारण ७ बर्षमा पनि झोलुङ्गे पुल बन्न नसक्दा अझै जोखिमपुर्ण डुङ्गा यात्रा गर्न सुस्ताबासी रहेका छन । नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ता भुमीबाट आफनै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन जोखिमपुर्ण डुङ्गाा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ भने बर्षाको समयमा भारतीय यातनाका बिचपनि भारती बाटोनै प्रयोग गर्न बाध्यात्मक अवस्था छ । बर्षाको समयमा, गर्भवति महिला, विरामीलाई उपचार गराउन नेपाल नसकेर बाध्य भई भारतको विहार पुग्नु पर्ने बाध्यता छ नदीमा बाढिले विद्यार्थीहरु उच्च् शिक्षा अध्ययन गर्न नदी पारी जान, स्थानियलाई दैनिकि हाटबजार गर्न पारी जान निकै कठिनाई हुने सुस्ता बचाउन अभियानका प्रवक्ता रबिन्द्र जयसवालले दुखेसो पोखे ।

नारायणी नदी पारी भारतको विहारसंग जोडिएको सुस्ताभुमी जिल्लाको सुस्ता गाउँपालिका वडा ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा कार्यालाय, गाउँपालिका कार्यालय र सदरमुकाम संग जोडने गरि सरकारले ७ वर्ष अगाडी २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन । वर्षाैंदेखि भारतीय यातना खेप्दै र जोखिम पुर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ गाउँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको थियो । त्रिसुली आश्रय जे.भी कन्सट्रक्शन कम्पनीले २०७४ सालमा (२९ महिनामा) सम्पन्न गर्ने गरि २७ करोड रुपैयामा उक्त ठेक्का लिएको छ । उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको छ । उक्त झोलुङ्गे पुल निर्माणमा ठेकदार कम्पनीले ढिलाई गर्दै ७ बर्षसम्ममा पनि अझै पिलड ठडयाउने र तार तान्ने कार्यमै अल्झिएको छ ।

पुल सम्पन्न गर्न पुलको जगका लागि कुल २ सय २० वटा पाईल धाँसि पाईलिङ्गमा ४ वटा ठुलो अग्लो टावर पिलर ठढयाईने छ भने १० वटा सानो पिलडमा फलामे टावर पिलर ठडयाई झेलुङ्गे पुल बाँधिने कार्य हुनेछ । जसमा जमिनमुनी पाईलिङ्गको सबै कार्य सम्पन्न भएको छ भने नदीको बिच धारमा रहेको एउटा पिलडको जमिन सतहदेखि माथि पिलडको रुपमा उठाउने कार्य बाकी नै रहेको छ । यता तयार पंखी सहितका १० पिलडहरु मध्ये ३ वटामा फलामे टावर ठडयाई होल्डिङ्ग तार झुडयाई सकेको छ । अझै ७ वटा पिलडमा फलामे टावर खडा गर्ने र अर्काे ४ वटा मुल पिलडहरुमा ठुलो अग्लो टावर खडा गरि पुल झुण्डाउने कार्य बाकी नैरहेको छ देखिन्छ । २ बर्षमा सन्पन्न गर्नु पर्ने उक्त योजना ठेकेदारको चरम लापरवाही र आलटाल गर्ने कार्यले पुल सम्पन्न हुन नसकेको सुस्ता बचाउ अभियानका प्रवक्ता जयसवालले आरोप लगाए ।

ठेकदार कम्पनीले कहिले लेबर अभाव त कहिले पानीको उच्च बहाव र सरसमान नपाएको बहाना देखाउदै काममा ढिलाई सुस्ती गर्दै आएको छ । समग्रमा पुलको करिब ७० प्रतिशत मात्र काम हुन सकेको छ । पुलमा ढिलाई देखेपछि पुललाई छिटो छरितो सम्पन्न गराउन सुस्ता गाउँपालिकाले चाँसो देखाएको छ । गाउँपालिकाले पुलको नियमित निरिक्षण र आईपर्ने समस्याहरुको सामाधान गर्दै पुल निर्माणको कार्य छिटै सम्पन्न गराउन ठेकदार कम्पनीलाई ताकेदा गर्दै आएको गाउँपालिका जनाएको छ ।

समयमा पुल नबनेपछि सुस्ताबासीको पिडा यथावत नै छ । पुललाई छिटो तयार गराउन ३ महिनादेखि काम बन्द गरेका ठेकदारलाई बोलाई पुनः काम शुरु गराएइको लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवार(सन्तु) ले बताए । ठेकदारले छिटो काम नगर्दा पुल निर्माण ढिलाई भइरहेकाले त्यसलाई छिटो कार्य सम्पन्न गराउन हामी जनप्रतिनिधिहरु लागी सम्बन्धित निकायमा भरपुर पहल गर्ने प्रदेशसभा सदस्य कलवारले बताए ।

सुस्ता पुग्न एकमात्र नेपाली बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । सुस्ताभुमी पुग्न नदीमा करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्नु पर्दछ । उक्त यात्रा अहिले मोटरबोट भएकाले सहज भएपनि जोखिमपुर्ण नै रहेको छ । नदी वारपार गर्न बाढीको समयमा १ घण्टा र सुख्खा समयमा आधा घण्टा बढि समय लाग्ने गर्दछ । वर्षाको बेला नदीमा उच्च बाढीका कारण नदीमा डुङ्गा चलाईदैन त्यसबेला भारतको बैकल्पिक विहार बाटो हुदै आवत जावत गर्ने र भारतीय पक्षको दुव्र्यहार सहनु पर्ने सुस्ताबासीको बाध्यता रहन्छ । सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । ३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको बसोबास बढि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here