उद्योगको दुर्गन्धित र विषाक्त पानीले जलचरण नष्ट भएसंगै आसपासका बस्ती दुर्गन्धित

0
303

परासी, २५ मंसिर । पश्चिम नवलपरासीमा बढदो उद्योगले प्रदुषण पनि बढदै गएको छ । जिल्लाको रामग्राममा केन्द्रित हुने ठुला ठुला उद्योगहरुबाट निस्किने प्रदुषित धुवाँ, पानी र फोहोर मैलाले जनमानस तथा पशुचौपायाहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ । उद्योगहरुबाट निस्किने धुँवा, ग्यास, दुषित र दुर्गन्धित पानी, केमिकल मिसिएको विषाक्ता पानी, फोहोर मैलाले नदी नाला, तालहरुको जलरचण नष्ट भैरहेको छ भने मानिस र पशुपंक्षीको स्वास्थ्यमा नाकारात्मक असर परिरहेको र आसपासका बस्तीगाउँहरु दुर्गन्धित बनेका छन् ।
यता रामग्राम नगरपालिका वडा १० नदवाँ स्थित लुम्बिनी पेपर मिलबाट निस्किने फोहोर पानीले आसपासका बस्तीहरुमा प्रदुषण बढेको छ ।

मिलबाट निस्किने दुर्गन्धित पानीले आसपासका बस्तीमा प्रदुषण बढेको छ भने जलचरण नष्ट समेत भएको छ । पेपर मिलबाट निस्किने दुषित पानी विभिन्न कुलो, नाला हुदै सनई तालसम्म पुग्ने गरेको छ । दुषित र विषाक्त पानीले अन्नबाली, विभिन्न विरुवा, जलचरण नष्ट भैरहेको छ भने माछा पोखरीका माछा, खानेपानीमा समेत प्रत्यक्ष असर पर्ने गरेको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । विज्ञप्तीमा उक्त दुर्गन्धित पानीले जनमानसको स्वास्थ्यमा समेत असर पर्ने गरेसंगै एतिहासिक नन्दन तालको जलचरण समेत नष्ट भैरहेको उल्लेख गरिएको छ ।

त्यस्तै रामग्रामको प्रस्तावित औद्योगिक क्षेत्रमै रहेको पेप्सी, रुस्लान, वास्टेनर बियर, स्टिल, चप्पल, चामल लगायतको कम्पनीहरुबाट प्रदुषित फोहोर मैला र बुटवल सिमेन्ट, अरुणा डिष्टिलरी, लुम्बिनी चिनी मिल, लायन डिस्टिलरी, हिमालयन डिष्टिलरी, एमके पेपर मिल लगायत दर्जनांै उद्योगहरुबाट निस्किने दुषित पानी र फोहोरमैलाले समस्या निम्तियाएको पाईन्छ । यसरी बढदो प्रदुषण न्युनिकरणका लागि नत्र उद्योगहरुबाटै कुनै पहल भएको छ नत्र स्थानिय प्रशासन एवं पालिकाहरु बाटै कुनै पहल भएको पाईन्छ । यो बढदो प्रदुषण रोक्न सम्बन्धित निकायलाई हारगुहार समेत गर्दै आइएपनि अहिलेसम्म कुनै सुनुवाई नभएको जसपाका अध्यक्ष धरेन्द्र यादवले गुनासो गरे । यता उद्योगहरुले उक्त समस्याको दिर्घकालिन सामाधानका लागि कार्य भैरहेको दावी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here