सुनवल वडा १ को कार्यलय भवन नगर प्रमुख बिमलाद्वारा शिलान्यास

0
130

परासी, २४ मंसिर। नवलपरासीकाे सुनवल नगरपालिका वडा नं १ वडा कार्यलय भवनको शिलान्यास गरिएको छ । नगर प्रमुख विमला अर्यालले शनिबार वडा कार्यालय भवनको शिलान्यास गरेकी हुन् । करीव ८० लाखको लागतमा बन्ने एकतले पक्की भवन २०८० अषाढ मसान्त भित्रै सम्पन्न गर्ने गरि काम सुरु भएको नगरपालिकाले जनाएको छ । वडा अध्यक्ष मन बहादुर थापाले यश अघि वडा कार्यलयको भवन सुनवलको पुरानो गाबिसको भवनमा रहेकोले अफ्नो कार्यकाल वडाले आफ्नै भवनबाट जनतालाइ सेवा दिन पाउने बताए । उनले वडाको बिकासका निम्ति आफू निरन्तर लागि परेको बताए । सुनवल नगरपालिकाका १३ वडामध्ये ४ वटा वडा कार्यालय यस अगाडिनै वनिसकेको र ६ वटा यस वर्ष वन्ने र वाँकी सबै वडा कार्यालय आगामी वर्ष निर्माण गर्नेगरि नगरपालिका अगाडी वढेको नगर प्रमुख बिमला अर्यालले जानकारी दिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here