रामग्राम स्तुपमा दिप प्रज्वलन गरि मनाइयो अन्तराष्ट्रिय मानव अधिकार दिवस

0
120

परासी, २४ मंसिर । रामग्राम स्तुपमा दिप प्रज्वलन कार्यक्रम गरि अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । एम्नेष्टी नेपाल समुह ३१ परासीले अन्तराष्ट्रिय मानव अधिकार दिवस रामग्राम स्तुपमा शान्ती पदयात्रा तथा दिप प्रज्वलन कार्यक्रम गरि सो दिवस मनाएको हो । कार्यक्रम एम्नेष्टी नेपाल समुह ३१ परासीको संयोजक हुसैन अंसारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ नवलपरासीको जिल्ला अध्यक्ष हरि शर्माको प्रमुख आतिथ्यतामामा सम्पन्न भएको हो ।

कार्यक्रम उपस्थित प्रमुख अतिथि, अतिथि र सहभागीहरुले दिप प्रज्वलन गरि विश्वमा शान्तीको कामना गर्दै बढदो मानव अधिकार उलंघनका घटनाहरु राज्य संवेदनशिल हुनु पर्नेमा जोड दिए । कार्यक्रमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले, विद्रोही तथा सत्तापक्षबाट हुने मानव अधिकार हननका घटना रोकथामका लागि सबै मानवअधकिारबादी संस्था र सबै नागरिकहरु एक भएर लाग्नु पर्ने बताउदै मानव अधिकार सुनिश्चितताका लागि सबै एकजुट भएर लाग्नु पर्ने जिकिर गर्नु भयो । कार्यक्रममा समुहका संयोजक हुसैन अंसारी, ईण्टरनेशन पिस क्लबका महासचिव बेचु गौड, समुहका उप संयोजक सुरज यादव, सचिव उमेश वि.क लगायतले मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here