परासी, २४ मंसिर । सुस्ता गाउँपालिकामा खुल्ला पुरुष कपर्दी प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद समन्वय समिति सुस्ताको आयोजना तथा सुस्ता गाउँपालिका ३ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सुस्ता ३ मर्चहवाँमा गाउँले खुल्ला पुरुष कपर्दि प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितमा कुल २८ वट खेलाडी समुह सहभागि भएका थिए ।
प्रतियोगितामा प्रतापपुर गाउँपालिकाको माधवपुरले प्रथम स्थान जितेको छ भने दाश्रो स्थानमा सुस्ताको गोबरहियाँ, तृत्तिय स्थान सुस्ताकै नर्सहीले जितेको आयोजक समितिले जनाएको छ । प्रतियोगिता प्रथम भएको खेलाडी समुहलाई नगद पुरुस्कार १५ हजार, १ थान कप र गोल्ड मेडलहरु प्रदान गरिइको छ भने दोश्रो हुने समुहलाई १० हजार नगद, तेश्रोलाई ५ हजार नगद पुरस्कार सहित कप र गोल्डमेडलहरु प्रदान गरिएको समितिका कोषाध्यक्ष संजय कुमार बढईले जनकारी दिए । त्यस्तै सान्तावना हुने टिमलाई नगद २ हजार प्रदान गरिएको थियो । बेस्ट प्लेयर अवार्ड माधवपुरका खेलाडी आकाश यादवलाई दिइएको थियो ।

कपर्दि प्रतियोगिता खेलकुद समन्वय समितिका अध्यक्ष प्रहलाद पालको अध्यक्षता तथा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रतियोगिता विजेताहरुलाई प्रमुख अतिथि पौडेलले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा अतिथि वडा २ का अध्यक्ष कृष्ण मुखिया, वडा ३ का अध्यक्ष हरिलाल दुषाध, सुस्ता बचाउन अभियानका प्रवक्ता रबिन्द्र जयसवाल लगायतले मन्तब्य राखेका थिए ।