नवलपरासीमा मोटरसाईकल चोरी बढदै : प्रहरीद्धारा २ जना चोरमाथि मुद्दा दर्ता

0
490


परासी, २२ भदौ । नवलपरासीमा मोटरसाईकल चोरको विगविगी बढेको पाइएको छ । मोटरसाईकल चोरहरु जिल्लाको विभिन्न ठाउँबाट सेटिङ्ग मिलाएर मोटरसाईकल चोरी गर्न थालेका छन् । जिल्लाको विभिन्न ठाउँबाट मोटरसाईकल चोरी रहेको चोरहरुको एक गिरोह नै फैलिएको शंका गरिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय नवलपरासीले मोटरसाईकल चोरलाई पक्राउ गर्न निकै सक्रिय भएको छ । प्रहरीले भदौ २० गते बुधबार २ जना मोटरसाईकल चोरलाई पक्राउ गरि मोटरसाईकल चोरी मुद्दा चलाएको जनाएको छ ।

भदौ १८ गते सोमबार सुनवल नगरापलिका १२ भुमही स्थित स्टार क्याफे अगाडी पार्किङ्ग गरिएको लु १७ प ५३७८ नम्बरको २२० सीसीको निलो पल्सर मोटरसाईकल चोरी भएपछि जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । पिडित पक्षले मोटरसाईकल चोरीको निवेदन दिएपछि प्रहरीको एक विशेष टोलीले मोटरसाईकल र चोरी गर्ने व्यक्तिको खोजी कार्य गरिहेको थियो ।

प्रहरीले खोजतलास गर्दै जाँदा भदौ २० गते सुनवल नगरपालिका १२ भतौडी बस्ने २० बर्षिय सुनील चौधरीले उक्त मोटरसाईकल चलाई रहेको अवस्थामा फेला परि चोरी मुद्दा चलाई अनुसन्धान थालेको जनाएको छ ।

त्यसैगरि नवलपरासीको रामग्राम नगरपालिका ५ स्थित ब्याडमिन्टन कबडहलमा पार्किङ्ग गरिएको लु १३ प ६७९४ नम्बरको १५० सीसीको रातो पल्सर मोटरसाईकल चोरी गर्ने जिल्लाकै पाल्हीनन्दन गाउँपालिका २ हरपुर बस्ने २८ बर्षिय बिजय कुमार गुप्ता माथि पनि चोरी मुद्दा चलाइएको छ । गुप्ताले भदौ १५ गते नै उक्त मोटरसाईकल चोरी गरि सरवाल गाउँपालिका ४ हात्तिबनमा लुकाएका थिए ।

प्रहरीले मोटरसाईकल तथा चोरलाई खोजी गर्दै जाँदा सरावल १ बासाबाट गुप्तालाई पक्राउ गरि चोरी मुद्दा चलाई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here