परासी, २० मंसिर । पश्चिम नवलपरासीमा चौथो प्रतापपुर गाउँपालिका स्तरीय अन्तर आधारभुत तह खेलकुद प्रतियोगिता शुरु भएको छ । त्रिभुवन नमुना मा.वि बेलाटारीको आयोजना र प्रतापपुर गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालयको परिसरमा गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख आतिथ्यतमा उक्त खेलकुद प्रतियोगिता शुरु भएको हो । २३ गतेसम्म संचालन रहने उक्त आधारभुत प्रतियोगितालाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले राष्ट्रिय झण्डा फहराई, पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक रुपमा उद्दघाटन गर्नु भएको थियो ।

प्रतियोगितामा गाउँपालिका भरिबाट सामुदायिक र संस्थागत गरि कुल ५१ वटा विद्यालयहरु सहभागिता रहेको छ । प्रतियोगितामा भाग लिएका विद्यालय र खेलाडी समुहहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यादवले सलामी दिदै खेलको प्रारम्भ गराउनु भएको थियो । ३ दिने चल्ने उक्त प्रतियोगितामा कुल १२ प्रकारको खेल खेलाईने छ जसमध्ये १०० देखि १५ सय मिटरको दौड, शटपुट थ्रो, लंगजम्प, हाई जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो, बैडमिन्टन रहने छ । कुल ५१ वटा विद्यालयबाट छात्र र छात्रा खेलाडीहरुको समुह बनाई विद्यालयहरुले उक्त प्रतियोगितामा भाग लिएको आयोजक विद्यालयले जनाएको छ । प्रतियोगितमा नगद १ लाख रुपैया पुरस्कार राखिएको छ भने शिल्ड, ट्रफि, मेडल लगायतका पुरस्कारहरुको पनि व्यवस्था रहेको छ । यस प्रतियोगिताका लागि गाउँपालिकाले ९ लाख रुपैया आर्थिक सहयोग गरेको छ भने आयोजक विद्यालयले विभिन्न संघ संस्थाहरुबाट ४ लाख रुपैया सहयोग संकलन गरि कुल १३ लाख रुपैयामा यो प्रतियोगिता सम्पन्न गरिदै छ ।

खेलकुद प्रतियोगिता समारोह सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उमेश यादवले यस प्रतियोगिताले यहाँका छात्रछात्राहरु एक खेलाडी रुपमा उत्पादन हुने र राम्रो खेलाडीको रुपमा पहिचान हुने विश्वास व्यक्त गर्नु भयो । उद्दघाटन समारोह कार्यक्रममा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले स्वास्थ्यका लागि खेलकुल भन्दै यसबाट खेलाडीहरुको मनोबल बढने र आफनो प्रतिभा यस प्रतियोगितामा प्रस्तुत गर्ने राम्रो अवसर रहेको जिकिर गर्नु भयो ।

कार्यक्रममा विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवि घिमिरेले, ‘‘खेल यस्तो विद्या हो जसले पालिका, जिल्ला र देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउने गर्ने हुँदा खेलाडीको लागि आफनो कला प्रस्तुत गर्ने यो एउटा राम्रो पलेटफर्म रहेको जिकिर गर्नु भयो । कार्यक्रम त्रिभुवन नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिकि अधयक्ष भगवन्ती पंजियारको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विद्यालयका अध्यक्ष र प्र.अ, विभिन्न संघ संस्थाका अध्यक्ष र बुद्धिजिवि, खेलप्रेमी, सामाजिक व्यक्ति र स्थानियहरुको सहभागिता रहेको थियो ।