परासी,२० भदौ । स्थानिय संघर्ष समिति नवलपरासीले परासीमा कर बृद्धिको विरोधमा विरोध प्रदर्शन गरेको छ । रामग्राम नगरपालिकाले एकिकृत सम्पत्ति कर र व्यवसायिक करको दरमा अत्याधिक वृद्धि गरेकाले संघर्ष समितिले सोको विरोध गर्दै सदर मुकाम परासीमा विरोध प्रदर्शन गरेको हो ।
समितिका संयोजक अमिरुल्लाह मिँयाको नेतृत्वमा लोकतान्त्रिक चोकबाट निकालिएको विरोध ज्लुस बुद्धचोक, हुदै रामग्राम नगरपालिकामा पुगी एक घण्टा नगरपालिका घेराउ गरेको थियो । निकालिएको विरोध ज्लुस रामग्राम नगरपालिकाकै परिसरमा एक कोणसभामा परिणत भई करको दरमा अत्याधिक बृद्धिलाई घटाउन माग गर्दै नगरपालिकाको चर्काे विरोध गरिएको थियो ।
कोणसभामा बोल्ने वक्ताहरुले नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता लगायत जनप्रतिनिधिले जनता माथि कर थुपारेर आफु करोडको गाडी खरिद गर्ने, विलासीता सुविधा प्रयोग गर्ने र वार्ड सदस्यलाई समेत तलबसुविधा बाडेको विरोध गरेका थिए । सरकारी गाडीलाई रातो प्लेट लेखाएर आफ्नो निजी बाहन जस्तो उपयोग गर्दै आएको ति गाडी तत्काल सेतो प्लेट लगाउन चेतावनी दिएका थिए ।
उक्त कार्य नगरिए गाडी नियन्त्रणमा लिईने समेत चेताएका थिए । जनतालाई चाईनासंग फण्ड ल्याउने भ्रम छर्दै नगरपालिकाको कोषबाट खर्च गर्दै पर्यटक भएर चिन भ्रमण गर्ने कार्यको पनि निन्दा गरिएको थिए । कर घटाइएको भ्रम छर्ने तर कर असुली अहिले पनि भई रहेको प्रति आक्रोस पोखेका थिए ।
जनता र किसानबाट कर उठाउने र मोजमस्तीमा लाग्ने हुदा त्यसको भण्डाफोर गर्ने गरि जनप्रदर्शन गरिएको संघर्ष समितिका संयोजक अमिरुल्लाह मियाले बताए । एक बर्षसम्म केही बोलेनौ, तर अब मेयर गुप्ता सहित जनप्रतिनिधिको कुकृत्य असह्य हुदै गयो, त्यो भएर विरोधमा उत्रिएको उनले बताएका थिए ।
पहिला समान्य रुपमा ज्ञापनपत्र बुझाएर किसान माथि लगाइएको कर फिर्ता गर्न र ब्यवसायी माथि लगाइएको अत्याधिक कर घटाउनका लागि प्रजिअ र जिससलाई समेत ज्ञापनपत्र बुझाएको थियो । तर त्यस प्रति वेवास्ता गरिए पछि बाध्य भएर प्रदर्शन गर्न परेको समितिका सह समयोजक रामाज्ञा पाण्डेले जनाए ।
कोणसभामा संयोजक अमिरुल्लाह मिँया, पुर्व सभाषद एवं नयाँ शक्ति नेपालका जिल्ला ईन्चार्ज चिनक कुर्मी, राजपाका केन्द्रिय सदस्य पुरन चौधरी, फोरम नेपालका केन्द्रिय सदस्य मुन्ना गुप्ता, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय, राप्रपाका जिल्ला प्रवतmा सन्तोष पाण्डे, समितिका सह–संयोजक रामज्ञा पाण्डे लगायतका नेताहरुले कोणसभामा बोल्दै कर वृद्धिको विरोध गरेका थिए ।