परासी, १९ मंसिर । असल छिमेकी नेपालले विद्यार्थीहरुलाई स्वास्थ्य तथा सरसफाईका सामाग्रीहरु वितरण गरेको छ । संस्थाले सामुदायिक शसक्तिकरण जिविकोपार्जन र स्वास्थ्य परियोजना अन्तर्गत सोमबार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा ३ स्थित मदरसा ताजुल ओलुम आधारभुत विद्यालयमा सरसफाई कार्यक्रम (वाश क्याम्प) आयोजना गरि कुल ३०० जना विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु वितरण गरेको हो ।
मदरसाको अध्यक्ष ग्यासुद्दिन अंसारीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारीको प्रमुख अतिथ्यतामा वाश क्याम्प कार्यक्रम मार्फत विद्यार्थीहरुको व्यक्तिगत सरसफाईका लागि प्रति विद्यार्थी ४५० रुपैयाको विभिन्न सामाग्रीहरु वितरण गरिएको संस्थाको परियोजना संयोजक पुरनसोती मगरले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेकि गाउँपालिका उपाध्यक्ष फातुमा खातनु अंसारीले ति सरसफाईका सामाग्री वितरण गर्दै यसलाई आफनो व्यवहारमा प्रयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो । संस्थाले वितरण गरेको सामाग्रीमा ब्रस, तुथपेष्ट, नुहाउने र लुगा धुने साबुन, रुमाल, नेलकटर, मोजा, गम्छा रहेको छ । संस्थाले उक्त मदरसामा कुल १ लाख ३५ हजार रुपैया बराबरको समाग्रीहरु वितरण गरेको संस्थाले जनाएको छ । कार्यक्रममा विशेष अतिति वडा ३ का अध्यक्ष गोधन प्रसाद हरिजन, परियोजना संयोजक पुरन सोती मगर, मदरसाका प्रधानाध्यापक ईस्लाम मिँया, संस्थाको सामाजिक परिचालक गौरव महतो लगायतले मन्तब्य राखेका थिए । संस्थाले जिल्लाको पाल्हीनन्दन र सरावल गाउँपालिकामा स्वास्थ्य र जिविकोपार्जनको क्षेत्रमा काम गर्दै आएको छ ।