बर्दघाट, २० भदौ । नेपाली महिलाहरुको महान चाड हरितालीका पर्व तिजको अवसर पारेर त्रिवेणी सामुदायिक टेलिभिजनले आयोजना गरेको बृहत तिज गित प्रतियोगितामा २ सय ५९ अंक प्राप्तगरी उदय युवा क्लव धनेवा प्रथम भएको छ । प्रतियोगितामा प्रथम हुन सफल उदय युवा क्लव धनेवाले २० हजार नगद प्राप्त गरेको छ भने प्रतियोगितामा २ सय ५३ अंक प्राप्तगरी दाउन्ने देवि मावि बर्दघाट द्धितिय हुन सफल भएको छ ।
दाउन्ने देवि माविले १५ हजार नगद प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगितामा २ सय ४१ आंकप्राप्तगरी ज्ञान ज्योती मावि. तृतिय हुन सफल भएको छ । तृतीय हुने ज्ञान ज्योती माविले १० हजार नगर पाप्त गरेको छ ।
मंगलवार भएको प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो भने निर्णायकमा उक्तम ध्वज के.सी., वसन्तरेग्मी र सरीता शर्मा निणार्यकमा रहनु भएको थियो । टेलिभिजनद्धारा आयोजित उक्त प्रचियोगितामा प्रजापति पराजुली, सविना शेर्पा र भरत क्षेत्रीले आफ्नो गायन प्रस्तुती प्रस्तुत् गर्नु भएको थियो भने विभिन्न संगीतालयहरुको समेत प्रस्तुती रहेको थियो ।
प्रतियोगिता उद्घाटन कार्यक्रम त्रिवेणीसामुदायिक टेलिभिजनका अध्यक्ष भोजराज ढकालको अध्यक्षता प्रदेश नं. ५ की सांसद भगवती भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो ।
संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्र सुनारको संचालनमा सम्पन्न् कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपमेयर मााया देवि पौडेल, रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुवर, पालिनन्दन गाउपालिकाकी उपाध्यक्ष पवित्रा कंहार, बर्दघाट नगरकार्यपालिकाका प्रवक्ता तथा वडा नं. ४का अध्यक्ष रविन्द्र विक्रम हमाल लगाएत विभिन्न स्थानिय निकायका जन प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।