सुनवलमा वडाबाटै याेजनाहरू सम्झाैता

0
189

परासी, १२ मंसिर । सुनवल नगरपालिकाले उपभाेक्ताबाट हुने याेजनाहरू वडाबाटै याेजना सम्झाैताकाे कार्य अगाडी बढाएकाे छ । सेवालाइ थप सहज बनाउन वडा वडाबाटै याेजनाहरू सम्झाैता गरि सेवालाइ प्रभावकारी बनाएकाे हाे । नगरपालिकाले आ.ब. २०७९/८० मा उपभाेक्ताबाट गरिने वडा स्तरीय योजनाहरु सम्बन्धित वडाबाटै संझौता सम्पन्न गर्ने याेजनाले वडाहरू बाटै कार्य थालेकाे नगर प्रमुख बिमला अर्यालले जानकारी दिनु भयाे । १३ वटा वडा रहेको नगरपालिकाले सवै वडामै पुगेर स्वीकृत योजनाहरु संझौताको काम धमाधम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत भत्तिराम मरासिनीले बताउनु भयो । नगरपालिकाका अनुसार नगरका वडा नम्बर ४ र ५ मा योजना संझौता सम्पन्न भइसकेका छन् भने सोमबार वडा नं. ११ मा बार्षिक रुपमा स्वीकृत वडास्तरीय योजना संझौता गरिएको छ । वडा स्तरमै पुगेर गरिने स्वीकृत योजनाको संझौताका लागि प्रमुख प्रशाकीय अधिकृत मरासीनी, इन्जीनियर सन्तोष गैरे, योजना शाखा प्रमुख पुरुषोत्तम ढकाल, वडामा कार्य जिम्मवारी तोकिएका प्राविधिक कर्मचारी र अन्य सहयोगीको उपस्थिति हुने गरेको छ । 

बार्षिक रुपमा स्वीकृत योजनाहरु संझौताका लागी वडा स्तरमै जाँदा उपभोक्ता समितिका सदस्यहरुको समय बचत हुने, नागरिकले आफ्नो गुनासो सिधै जनप्रतिनिधिलाई राख्ने पाउने छन् । गुनासो सम्बोधनका लागि अनुगमन पनि तत्कालै गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत मरासीनीले बताउनुभयो । उहाँका अनुसार सुनवल नगरपालिकाले १३ वटै वडामा स्वीकृत योजना संझौता गरेपछि उपभोक्ता समितिका पदाधिकारीहरुलाई सामुहिक अनुशिक्षण गरिने छ । वडा नं. ११ मा यस बर्ष सम्पादन गर्नु पर्ने योजना जम्मा २० वटा रहेको योजना प्रमुख पुरुषोत्तम ढकालले जानकारी दिनुभयो । २० वटा योजना मध्ये पूर्वाधार, महिला सशक्तिकरण, कृषी तथा पशु, उद्यमशीलता, स्वास्थ्य शिक्षा, जेष्ठ नागरिक र अपाङ्गता सम्बन्धी रहेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here