अर्बपति चाैधरी युएइकाे गाेल्डेन भिसा प्राप्त व्यक्ति हुन : नेता त्रिपाठी

0
315

परासी, ११ मङ्सिर । जनता प्रगतिशिल पार्टीका अध्यक्ष पुर्व मन्त्री ह्देश त्रिपाठीले अर्बपति विनोद चौधरी युनाईटेड अरब ईमिराटको गोल्डेल भिसा लिएको व्यक्ति रहेको आरोप लगाएका छन् । आईतबार परासीमा आयोजित पत्रकार सम्मेलनमा नेता त्रिपाठीले भने, यस्तो गोल्डेन भिसा त्यहाँको नागरिक सरह को प्रमाण रहेको भन्दै यस्तो भिसा प्राप्त व्यक्तिलाई नेपालको उच्च राजकिय ओहदामा राख्न हुदैन भन्ने सुझाव दिएका छन् । त्यस्तो भिसा प्राप्त व्यक्तिले सांसदको चुनाव त लडयो तर मन्त्री र सो भन्दा माथिको उच्च ओहोदामा त्यस्तो व्यक्तिलाई राख्न उचित नरहने भन्ने सुझाव अब बन्ने सरकारलाई दिुन भयो । सम्मेलनमा नेता त्रिपाठीले अहिलेको निर्वाचन नतिजाले  देश अस्थिरता तर्फ धकेल्ने बताएका छन । निर्वाचनबाट  नतिजाले देशमा जुन प्रवृत्ति प्रवेश गरेको त्यसले गर्दा देशको राजनीति र देश अस्थिरता तर्फ धकेल्नले सङ्केत देखिएको त्रिपाठीले बताए ।

जनता प्रगतिशील पार्टीका नवलपरासीले परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा त्रिपाठीले यस्तो बताएका हुन । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा डलर अर्वपति बिनोद चौधरीसँग पराजित त्रिपाठीले मेरो क्षेत्र निर्वाचन सामान्य र साधारण नभएको देशको अर्वपति डलर र देशको राजनीतिक दलहरू बिच भएको बताए ।

उनले भने मेरो  क्षेत्रमा निर्वाचन लक्ष्मी र सरस्वतीको बिच लडाई थियो र उक्त लडाइँमा लक्ष्मीको हाबी र लक्ष्मी जी कृपाले हासिल भएको भनाई छ । निर्वाचन क्षेत्र १मा जुन प्रवृत्ति प्रवेश गरेको छ त्यसले समग्र देशमा राजनीतिक पनि बिचौलियको प्रवेश भएको टिप्पणी गरे । उनले निर्वाचनमा हारजित शोभाविक हो तर निर्वाचन पराजित भएपनि राजनीतिक पराजित नभएको बताए ।

निर्वाचन जुन प्रहार आफ्नो साथीबाट भयो नेतृत्व पङ्क्तिले जुन किसिमले बिनोद चौधरीलाई जिताउन लगायो त्यो नै मेरो लागि दुर्भाग्य भएको बताए । एमाले नेतृत्व पंति नै बिनोद चौधरीलाई सहयोग गरी जिताएको त्रिपाठीले आरोप लगाए । संविधानमाथि अन्त प्रहार हुने बेलामा हामी चुप लागेर नबस्ने जनता प्राप्त गरेको उपलब्धि र सबिधान रक्षाका लागि सधैँ भरि लडाई जारी रही रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here