क्षेत्री समाज सुनवलको ५ आै बार्षिक साधारण सभा सम्पन्न

0
320


सुनवल, २० भदौ । क्षेत्री समाज नेपाल सुनवल नगर कार्यसमिति नवलपरासीको ५ औ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसन सम्पन्न भएको छ । क्षेत्री समाजका अध्यक्ष नारायण बहादुर थापा क्षेत्रिको अध्यक्षतामा भएको साभारण सभा तथा तेश्रो अधिवेशनको उद्दघाटन शत्रलाई सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापाले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्दघाटन गरेका थिए ।

साधारण सभामा कार्यसमितिका बरिष्ठ उपाध्यक्ष रन बहादुर बोहोराले अतिथीहरुलाई स्वागत गरेका थिए भने सचिवले सचिवको प्रतिवेदन र कोषाध्यक्ष कृष्ण बहादुर केसिले ३ लाख ४९ हजारको आम्दानि र ३ लाख ७० हजार रुपैयाको खर्चको बिवरण सहितको आय व्यय प्रतिवदेन प्रस्तुत गरेका थिए ।

सभामा कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख भरत थापा, बिशिष्ठ अतिथि एवं क्षेत्रि समाज सुस्ता पश्चिम नवलपरासिका अध्यक्ष मानबहादुर क्ष्ोत्रि, अतिथि एवं नेपाल परिवार नियोजन संघकी निवर्तमान केन्द्रिय उपाध्यक्ष सपना अधिकारि थापा, नेपाल मगरसंघ नगर अध्यक्ष मन बहादुर थापा, तुलसा कुवर क्षेत्रि, लगायतले शुभकामना मन्तव्य दिएका थिए । समितिले बुधबारै तेश्रो अधिवेशनबाट अर्काे नयाँ कार्यसमिति पनि चयन गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here