परासी, ७ मंसिर । जनता प्रगतिशिल पार्टीका अध्यक्ष पुर्वमन्त्री ह्देश त्रिपाठी निरन्तर पछाडी छन् । नेता त्रिपाठीलाई अर्बपति बिनोद चौधरीले पछाडी पारेकै छन यता ननपपुलर व्यक्ति स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरी समेतले उनलाई उछिन्दै आएको छ । पश्चिम नवलपरसी निर्वाचन क्षेत्र १ मा नेता त्रिपाठी विगत २५ बर्षदेखि बिरासत जोगाउदै ५ पटक चुनाव जितेका छन् तर यसपटक उनलाई अर्बपति चौधरीले ठुलो धक्का दिने मतगणनाबाट आईरहेको मतले संकेत दिईरहेको छ ।
उक्त क्षेत्रमा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार अर्बपति चौधरी र नेता त्रिपाठीबिच कडा प्रतिस्पधा हुने आकलन गरिएको थियो । सो क्षेत्रमा करिब ४० हजार मत गन्दा अर्बपति चौधरी ३ हजार २ सय ९४ मतले त्रिपाठीबाट लिड गरिरहेका छन् । मतगणना शुरु भएदेखि तेश्रो स्थानमा रहेका नेता अहिलेपनि त्यहि स्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालले दिएको तथ्याङ्क अनुसार अर्बपति बिनोद चौधरी १३ हजार ६६८ मत, महेन्द्र सेन ठकुरी (घण्टी) १० हजार ५०४ मत र नेता त्रिपाठी १० ३७४ मत प्राप्त गरेका छन् । नेता त्रिपाठी विस्तारै गति बढाएको पाइएको छ । उक्त क्षेत्रमा कुल १ लाख १८ हजार २५० मतदाता रहेकोमा कुल ८४ हजार २२९ मत खसेको थियो । अहिले करिब ५० प्रतिशत मत गणना भैसकेको छ । नेता त्रिपाठीको क्षेत्रमा घण्टीको मत देखेर सबै दलहरु चकित छन् ।