पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र २ को मतगणना शुरु

0
283

परासी, ५ मंसिर ।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २ को मतगणना कार्य शुरु भएको छ। जिल्लाको निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा र उक्त क्षेत्रेको प्रदेश सभा (क) को मतगणना शुरु भएको छ। जिल्लाको रामग्राम नगरपालिका कार्यालयमा निर्वाचन क्षेत्रको मतगणना कार्य प्रारम्भ भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उता निर्वाचन क्षेत्र १ मा भने मतगणना अझै केही ढिला हुने जानकारी प्राप्त भएको छ।
जिल्लामा कुल २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ। जिल्लामा कुल २ लाख ४० हजार ९३० मतदाता रहेकोमा कुल ७२% मत खसेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here