कावासाेती, २० भदौ । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले ७५ बर्षिया वृद्घालाई बलत्कार गर्ने प्रयास गरेको भन्दै एक जनालाई प्रकाउ गरेको छ । प्रहरीले बिनयीत्रिबेणी गाँउपालीका ४ बस्ने बर्ष ४२ का गिर बहादुर थापालाई सोही गाँउपालिकाको ७५ बर्षिय वृद्घालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रकाउ गरेको हाे ।
घटना गत जेठ २८ गतेको भएपनि आरोपीत थापा फरार भएको कारण अहिले मात्र प्रकाउ गरीएको हो । पीडीतको परिवारले यहि भदौ १८ गते ईलाका प्रहरी कार्यालय नयाँ बेलाहानिमा उजुरी दिएको र उनलाई उजुरी दिएकै दिन घरबाटै प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय नयाबेलाहानिका प्रमुख प्रहरी निरिक्षक राजिब श्रेष्ठले जानकारी दिए । आरोपित थापालाई यौन दुब्याहार अन्र्तगत मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । (रेडियाे कावासाेतीकाे पेजबाटं)