परासी, ४ मंसिर । पश्चिम नवलपरासीमा कुल ७२ प्रतिशत मत खसेको छ । जिल्लामा विहान ७ बजेबाट २८७ मतदान केन्द्रबाट शुरु भएको मतदानमा कुल ७२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनु भएको छ । जिल्लामा कुल २ लाख ४० हजार ९३० मतदाता रहेकोमा १ लाख ७३ हजार ४६९ जना मतदाताले मतदान गरेका छन् ।
जिल्लामा विना कुनै अवरोध, सौहार्द र सजह वातावरणमा मतदान कार्य सकिएको छ । अहिले मतगणना स्थलमा मतपेटिकाहरु आउने क्रम जारी रहेको छ । मतपेटिकाहरु सुरक्षित रुपमा मतगणना स्थलमा आईपुगेपछि सर्वदलिय बैठक गरि प्रकृया पु¥याएर मतगणना कार्य प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा कुल १२० मतदान स्थल र २८७ मतदान केन्द्र थियो । निर्वाचन क्षेत्र १ को मतगणना बर्दघाट नगरपालिका र निर्वाचन क्षेत्र २ को मतगणना रामग्राम नगरपालिका कार्यालयमा गरिने जनाइएको छ । मतगणना कार्य उच्च सुरक्षा व्यवस्थाको बिच गरिने छ ।