परासी, १ मंसिर । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजय शाहीले सुस्ता क्षेत्रको समस्या सामाधान गराउन आफनो मुल एजेण्डा रहेको जिकिर गर्नु भएको छ । चुनावी प्रचार प्रसारमा रहेको नेता शाही आज प्रतापपुर गाउँपालिका वडा ७ सुर्यपुरामा कोणसभा सम्बोधन गर्दै सुस्ता र गण्डकको समस्या समाधान गराउन आफनो भरपुर पहल रहने विश्साव दिलाउनु भयो । नेता शाही नवलपरासी निर्वाचन क्षेत्र १ मा स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।
मतदाता भेटघाट गर्दै उक्त कोणसभामा नेता शाहीले आफनो निर्वाचन क्षेत्रमा पर्ने सुस्ता र गण्डकको समस्या सामाधानमा आफनो अहम भुमिका रहने बताउनु भयो । नेता शाहीले, कृषि क्षेत्रमा मल, सिँचाई, बिउबिजन औषधीको समस्या सामाधान गर्न, युवाहरुलाई स्वरोजगार बनाउन, यस क्षेत्रका बाटोघाटोहरु पिच गर्ने, आवश्यक ठाउँमा पुल पुलेसाहरु बनाउन, यस क्षेत्रको पर्यटन विकास गर्ने र यहाँका पिडित जनताहरुको अधिकार सुनिश्चित गराउने आफनो मुल मुद्दा रहेको जिकिर गर्नु भयो ।
नेता शाहीले उक्त क्षेत्रमा अर्बपति बिनोद चौधरी र राजनितिक खेलाडी जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्देश त्रिपाठीको पनि उम्मेदवारी रहेकाले यि दुई ठुला नेताको लडाईबाट आफुँलाई फाईदा पुग्ने विश्वास व्यक्त गर्नु भयो । जनतले यि नेताहरुलाई पटक पटक व्यहोरेकाले यस पटक आफुँलाई सहयोग गर्न आग्रह गर्नु भयो । यस पटक स्वतन्त्रको लहर चलेछ आफुँ चुनाव जित्नेमा नेता शाही विस्वस्त छन् । कोणसभामा विभिन्न वक्तहरुले आआफनो धारणा रोखका थिए ।