बाेनसकाे याे जिवन जनताकै सेवामा बिताउने छुँ : नेता कंडेल

0
383

परासी, १ मंसिर । पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कंडेलले बाेनसकाे याे जिन्दगी जनताकाे सेवामा खर्चिने प्रतिबधता जाहेर गरेका छन् । चुनाव प्रचारकाे विहिवार अन्तीम दिन मतदाताहरूलाइ भेटदै नेता कंडेलले अाफु जनताकाे सेवामा रहने विश्वास व्यक्त गर्नु भयाे । नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मध्ये कँडेल (मुन्ना बाबु) को नामपनि शिर्षस्थानमा गनिन्छ । बोनस लाईफमा बाँचीरह्नु भएका नेता कँडेल बहुदलीय ब्यवस्था स्थापनाका लागि विद्यार्थी जीवनबाटै संघर्ष गर्दै अाएकाे र अझै जनताकाे सेवामा खटिरहने प्रतिबधता जाहेर गर्नु भयाे ।

राजनीतिमा नै जीवन समर्पण गर्नु भएका नेता कँडेलको जीवन संघर्षपूर्ण छ । गाउँदेखि केन्द्रसम्म राम्रो पकड बनाएका कांग्रेसका केन्द्रीय सदस्य कँडेल अहिले लुम्बिनी प्रदेश नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष तर्फका प्रतिनिधि सभा सदस्यका उमेदवार बनेर घरदैलोमा ब्यस्त हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा उँहाको राम्रो प्रभावसमेत देखिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि उँहाको आफ्नै घर रहेको रमपुरवाँ सिमा नाकासम्म फैलिएको यस निर्वाचन क्षेत्रमा अहिले कांग्रेसको प्रचार र प्रभाव तिब्र छ । नेता कण्डेल बिजयको दाउमा हुनुहुन्छ ।

कुनै बेला १७ राउण्ड गोली प्रहार भएकोमा ७ वटा गोलीसँग जुझेर र एउटा गोली अझै छातीमा राख्नु भएको नेता कण्डेल यति बेला विभन्न प्रचारप्रसारका कार्यक्रम र घरदैलोमा भिड्नु भएको छ । नेता कण्डेलले देशमा विकस र समृद्धि ल्याउनका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन आवश्यक रहेको जिकिर गर्नु भयो । नेता कण्डेलले, आगामी बन्ने कांग्रेस नेतृत्वको गबठन्धन सरकारले, नागरिकताको समस्या, सुकुम्बासीको समस्या, युवा बेरोजगारी, किसानको मल, बिउबिजनको समस्या सामाधान गर्ने मतदातालाई विस्वास दिलाउदै यस क्षेत्रको विकासका लागि आफनो भरपुर प्रयास रहने विस्वास व्यक्त गर्नु भयो ।

नेता कण्डेलले कृषि क्षेत्रका समस्या समाधान गर्ने, मेहसपुर देखि सुनवलसम्म फोरलेन बाटो निर्माण, जिल्लाको पर्यटन क्षेत्रको विकास, युवालाई स्वरोजगार बनाउने र महेसपुर भन्सारको विकास गर्ने मुख्य एजेण्डाहरु लिएर चुनावी मैदानमा उत्रिएकाले यसपटन पुनः आफनो उम्मेदवारीलाई नविकरण गरि भारी मतले बिजयी गराउन मतदातामा आग्रह गर्नु भयो । उहाँले आफुँ विगत लामोसमयदेखि राजनितिमा सकृय रही समाजसेवा गर्दै आएकोले यस पटक पनि मतदाताको रोजाईमा आफुँ नै पर्ने विस्वास व्यक्त गर्नु भयो । यस क्षेत्रमा नेता कण्डेलको प्रतिस्पर्धामा नेकपा एमालेबाट दिपेन्द्र अधिकारी, राप्रपाबाट धुव्र बहादुर प्रधान, जनमतबाट बिजी चौधरी, स्वतन्त्र धर्मेन्द्र गिरी लगायतको उम्मेदवारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here