आवेगमा बोलेको अभिव्यक्ति सार्वजनिक गरेर चरित्र हत्या गर्न खोजियो लुम्बिनी कांग्रेस महामन्त्री खनाल

0
493

परासी, १ मंसिर। लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री विक्रम खनालले पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै दिएको अभिव्यक्ति आवेगमा आएर दिएकोे प्रष्टिकरण दिएका छन् । नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका डलर अर्बपति विनोद चौधरीलाई हराउनु पर्ने भन्दै नेता तथा कार्यकर्ताका माझ भनेको विषय विभिन्न माध्यममार्फत बाहिर आएपछि महामन्त्री खनालले बिहीबार पत्रकार सम्मेलन गरेर सो प्रष्टिकरण दिएका हुन् । 
स्थानीय नेताहरुलाई छाडेर बाहिरबाट उम्मेदवार ल्याएको भन्दै खनालले आफू निकट नेता र कार्यकर्तालाई घर बोलाएर चौधरीलाई हराउन निर्देशन दिएको अडियो सार्वजनिक भएको विषयले उनी अप्ठ्यारोमा परेका छन् । संविधानसभा सदस्यसमेत रहेका खनाल त्यस क्षेत्रका प्रभावशाली नेता हुन ।

 उनले टिकट पाउने निश्चित जस्तै थियो । तर अन्तिम समयमा प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बलमा चौधरीले टिकट पाएपछि खनाल असन्तुष्ट थिए । आफूले नयाँ व्यक्तिलाई टिकट दिए जिताउन समस्या हुने भन्दै पार्टीका शिर्ष नेताहरुलाई समेत  भनिसकेको र त्यही विषय कार्यकर्ता माझ राखेको उनको भनाई छ । मैले मनोनयन दर्ताका दिन आफैंले लगेर चौधरी जीको उम्मेदवारी दर्ता गराएका हुँ । टिकट नपाएपछि अवश्य असन्तुष्ट थिए नै । तर पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा नवलपरासी आएको बखत पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन दिएको र कार्यकर्ताहरुले पनि सोही अनुसारको सुझाव दिएपछि म चौधरीको चुनावी कार्यक्रममा हिडेको छु । 

सबै कार्यकर्तालाई पार्टीलाई जिताउन आव्हान पनि गरिसेको छु । ’ उनले भने । पार्टीलाई जिताउन लाग्नका लागि सहमति भएपछि तत्कालीन आवेगको समयमा आएर बोलेको विषयलाई सार्वजनिक गरेर आफ्नो चरित्र हत्या गर्न खोजेको समेत उनको आरोप छ । केही दिनअघि दिएको अभिव्यक्तिलाई चुनावको मुखमा ल्याएर प्रचार प्रसार गराउँदा अडियो सार्वजनिक गर्ने व्यक्तिले नै चुनाव हराउन षडयन्त्र गरेको उनको आरोप छ । यस क्षेत्रमा चौधरी र एमालेको समर्थनमा उम्मेदवारी दिएका जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष एंव पूर्वमन्त्री हृदयेश त्रिपाठीबीच कडा प्रतिस्पर्धा छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here