जिवनभरि समाजसेवा गरेकोले मतदाताको रोजाईमा पर्छुं ः नेता कण्डेल

0
336

परासी, ३० कार्तिक । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल मतदाता भेटघाट कार्यक्रममा तिब्रता दिएका छन् । नवलपरासी निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेता कण्डेल आफनो लोकप्रिय एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगेर मत माग्नमा व्यस्त छन् भने ठाउँठाउँमा कोणसभा मार्फत आफनो विचार मतदातासम्म पु¥याइरहेका छन् । मंसिर ४ गतेको निर्वाचन नजिकिए संगै नेता कण्डेल आफनो चुनावी कार्यक्रममा तिब्रता दिएका हुन् । गत चुनाव यसै क्षेत्रबाट भारी मतले बिजयी भएका नेता कण्डेल यसपटक पनि सोही रेकर्ड कायम राख्न मतदाता भेटघाटमा व्यस्त देखिएका छन् ।

बुधबार जिल्लाको पाल्हीनन्दन गाउँपालिका ५ गेरमीमा कोणसभा सम्बोधन गर्दै नेता कण्डेलले देशमा विकस र समृद्धि ल्याउनका लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन आवश्यक रहेको जिकिर गर्नु भयो । नेता कण्डेलले, आगामी बन्ने कांग्रेस नेतृत्वको गबठन्धन सरकारले, नागरिकताको समस्या, सुकुम्बासीको समस्या, युवा बेरोजगारी, किसानको मल, बिउबिजनको समस्या सामाधान गर्ने मतदातालाई विस्वास दिलाउदै यस क्षेत्रको विकासका लागि आफनो भरपुर प्रयास रहने विस्वास व्यक्त गर्नु भयो ।

नेता कण्डेलले, मेहसपुर देखि सुनवलसम्म फोरलेन बाटो निर्माण, जिल्लाको पर्यटन क्षेत्रको विकास, युवालाई स्वरोजगार बनाउने र महेसपुर भन्सारको विकास गर्ने मुख्य एजेण्डाहरु लिएर चुनावी मैदानमा उत्रिएकाले यसपटन पुनः आफनो उम्मेदवारीलाई नविकरण गरि भारी मतले बिजयी गराउन मतदातामा आग्रह गर्नु भयो । उहाँले आफुँ विगत लामोसमयदेखि राजनितिमा सकृय रही समाजसेवा गर्दै आएकोले यस पटक पनि मतदाताको रोजाईमा आफुँ नै पर्ने विस्वास व्यक्त गर्नु भयो । कोणसभामा विभिन्न नेताहरु आफनो धारणा राखेका थिए । यस क्षेत्रमा नेता कण्डेलको प्रतिस्पर्धामा नेकपा एमालेबाट दिपेन्द्र अधिकारी, राप्रपाबाट धुव्र बहादुर प्रधान, जनमतबाट बिजी चौधरी, स्वतन्त्र धर्मेन्द्र गिरी लगायतको उम्मेदवारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here