कांग्रेसकै पालामा, देशमा विकास र समृद्धि सम्भव छ : नेता कण्डेल

0
275

परासी, ३० कार्तिक । नेपाली कांग्रेसका केन्द्रिय पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले देशलाई समृद्ध बनाउन कांग्रेसमा मतदान गर्न आग्रह गर्नु भएको छ । देशमा विकास र समृद्धि ल्याउन, लोकतन्त्र र संविधाको रक्षा गर्न लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन जरुरी रहेको जिकिर गर्नु भयो । नवलपरासी निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता कण्डेलले आफनो चुनावी घरदैलो कार्यक्रमा तिब्रता दिदै समृद्धि र विकासमा बाटोमा यो गठबन्धन मात्र रहेको जिकिर गर्नु भयो ।
नेता कण्डेल आज पाल्हीनन्दन १ शंकरपुरमा मतदाता भेटदै, आफुँ विगत लामो समयदेखि राजनितिमा सकृय भई समाजसेवा र यहाँको विकासमा महत्वपुर्ण योगदान गर्दै आएकोले आफुँसंग रहेको विकास खाकालाई मुर्त रुप दिन फेरिपनि चुनावी मैदान उत्रेको जिकिर गर्नु भयो ।

नेता कण्डेल, आफु विकास प्रेमी व्यक्ति रहेकाले यहाँको समग्र विकास र समस्या सामाधानमा लाग्दै आएको बताउनु भयो ।
नेता कण्डेल घरदैलामा मतदाता भेटदा महेशपुर भन्सारलाई ठूलो भन्सार स्थापनादेखि महेशपुर, भूताहा सडक निर्माण, अन्य ठूला सडक र पूर्वाधारलगायतका काम सम्पन्न भएको र विकासका लागि तय गरेका एजेण्डाबारे चर्चा गर्नुभएको थियो । सार्वजनिक भवन , सभाहल , सहकारी, स्वास्थ्य चौकी भवन निर्माण, यहाँको कृषि, पशुपालन, शिक्षा, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा धेरै योजनाहरु ल्याएको कतिपय सम्पन्न भइसकेको तर केही बाँकी रहेकाले त्यसलाई मूर्त रुप दिएर समृद्ध नवलपरासी निर्माण गर्ने मुख्य ध्येय रहेको बताउनुभयो ।

यश क्षेत्रमा प्राविधिक शिक्षाको रुपमा विकास गर्ने र विभिन्न पर्यटकीय ठाउँको गुरुयोजना अनुसार विकास गर्ने बताउनुभयो ।उहाँले आफू प्रत्येक निर्वाचनमा तल्लोतहदेखि नै जनताले सिफारिस गरेर जनप्रतिधि बनेकोले कहिल्यै पनि जनमतको अपमान हुने काम नगरेको भन्दै जनप्रतिनिधिले जनताको मतको कदरगर्न सक्नुपर्दछ भन्नुभयो । उहाँले अहिलेसम्म जनप्रतिनिधि भएपछि सांसदको भूमिकामा कहिल्यै पनि सरकारी साधनस्रोतको दुरुपयोग नगरेको समेत बताउनुभयो ।
आफू नवलपरासीकै बासिन्दा भएकाले त्यस क्षेत्रको जनताको सुख, दुखमा सदैव साथ र सहयोगमा रहने बताउनुभयो । कण्डेलले गठबन्धनको पक्षमा मत दिन आग्रह गर्नुभयो ।
अहिलेको गठबन्धन असल विचार बोक्नेहरुबीचको गठबन्धन भएकाले परिवर्तन, समृद्धि र संविधानको रक्षाको लागि गठबन्धनलाई विजयी बनाउनुपर्ने बताउनुभयो ।
विकासमा आफूले जति काम विपक्षीले गर्न नसक्ने आफू निर्वाचित भएपछि विकासका बाँकी काम सम्पन्न गरेर आर्थिक र सामाजिक रुपान्तरणमा अगाडि बढाउने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here