लोकतन्त्रको रक्षा र शान्ती पकृयालाई टुंगोमा पुर्याउन गठबन्धन बाहेक कुनै विकल्प छैन : प्रचण्ड

0
243

परासी, २९ कार्तिक । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले संविधानको रक्षा, राजनितिक स्थिरता र विकासका लागि यस गठबन्धनलाई जितन पर्ने जरुरी रहेको बताएका छन्र। नवलपरासी पश्चिममा लाेकतान्त्रीक बाम गठबन्धनले अायाेजना गरेकाे अामसभालाइ सम्बाेधन गर्न अाएका नेता प्रचण्डले देशमा शुसासन र विकास मार्फत देशमा राजनितिक परिवर्तनलाई स्थायी गर्ने बताउदै लोकतन्त्रकोे रक्षा गर्न र शान्ती पकृयालाई टुंगोमा पु¥याउन यो गठबन्धन बाहेक अरु कुनै विकल्प नरहेको दावी गरे ।
नेता प्रचण्डले, आमसभामा किसान मलखादको समस्या समाधान गर्न यसै क्षेत्रमा मलखाद काराखाना खोल्न सरकार गम्भीर भएर लाग्ने बताए । नेता प्रचण्डले, यस क्ष्ोत्रमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका अर्बपति बिनोद चौधरीको आगमले यस क्षेत्रको किसानका समस्या, युवा बेरोजगारीको समस्या समाधान हुने र यहाँको विकासका लागि अर्बपति चौधरी एक बरदान साबित हुने विस्वास व्यक्त गरे ।
आम सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं जिल्लाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्बपति बिनोद चौधरी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल लगायतले आफनो धारणा राखेका थिए । विशाल आमसभा २ हजार बढि जनताहरु सहभागी भएका थिए ।
उक्त निर्वाचन क्षेत्रमा अर्बपति चौधरीको प्रतिस्पर्धामा जनता प्रगतिशिल पार्टीका केन्द्रिय अध्यक्ष ह्देश त्रिपाठी रहेका छन् सो क्षेत्रमा नेता त्रिपाठी र अर्बपति चौधरीबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here