परासी, २९ कार्तिक । प्रधानमन्त्री शेर बहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लगि गठबन्धनलाई जिताउन आव्हान गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट चौपत्तामा चुनावी आमसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री देउवाले लोकतन्त्र र समावेशी संविधानको रक्षाका लागि आगामी दिनमा पनि यो गठबन्धनको सरकार टिकाउन जरुरी रहेको बताएका हुन् । प्रधानमन्त्री देउवाले, यो लोकतान्त्रिक बाम गठबन्धनले चुनाव जितेपछि बन्ने यस गठबन्धनको सरकारले कुनैपनि हालतमा संसदलाई भंग नगर्ने र पुर्णकालिन रुपमा संसद चलाउने जनतालाई विश्वास दिलाए । देशमा देखिएको कृषि क्षेत्रका समस्या, युवा बेरोजगारी, नागरिकता, डुबान लगायतका समस्याहरु समाधान गर्न र देशमा विकास र समृद्धि लहर चलाउन यो गठबन्धन चुनाव जित्नु पर्ने प्रधानमन्त्री देउवाले जिकिर गरे ।

त्यसैगरि आमसभा सम्बोधन गर्दै माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले संविधानको रक्षा, राजनितिक स्थिरता र विकासका लागि यस गठबन्धनलाई जितन पर्ने जरुरी रहेको बताए । नेता प्रचण्डले देशमा शुसासन र विकास मार्फत देशमा राजनितिक परिवर्तनलाई स्थायी गर्ने बताउदै लोकतन्त्रकोे रक्षा गर्न र शान्ती पकृयालाई टुंगोमा पु¥याउन यो गठबन्धन बाहेक अरु कुनै विकल्प नरहेको दावी गरे ।

नेता प्रचण्डले, आमसभामा किसान मलखादको समस्या समाधान गर्न यसै क्षेत्रमा मलखाद काराखाना खोल्न सरकार गम्भीर भएर लाग्ने बताए । नेता प्रचण्डले, यस क्ष्ोत्रमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका अर्बपति बिनोद चौधरीको आगमले यस क्षेत्रको किसानका समस्या, युवा बेरोजगारीको समस्या समाधान हुने र यहाँको विकासका लागि अर्बपति चौधरी एक बरदान साबित हुने विस्वास व्यक्त गरे ।

आम सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं जिल्लाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्बपति बिनोद चौधरी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल लगायतले आफनो धारणा राखेका थिए । विशाल आमसभा २ हजार बढि जनताहरु सहभागी भएका थिए ।
उक्त निर्वाचन क्षेत्रमा अर्बपति चौधरीको प्रतिस्पर्धामा जनता प्रगतिशिल पार्टीका केन्द्रिय अध्यक्ष ह्देश त्रिपाठी रहेका छन् सो क्षेत्रमा नेता त्रिपाठी र अर्बपति चौधरीबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।