परासी, २७ कार्तिक । प्रदेशसभा सदस्य पदका उम्मेदवार देवकरण कलवारले (सन्तु) नवलपरासीमा विकासको मुल फुट्ने विश्वास व्यक्त गरेका छन् । संविधासभा सदस्य समेत रहेका नेता कलवारल चुनावी घरदैलो गर्दा अाफुहरू चुनाव जिते भने नवलपरासीको चौतर्फि विकासमा अब समय नलाग्ने मतदाताहरुलाई विस्वास दिलाए ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ को ख मा कांग्रेसबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार रहेका नेता कलवारले, विगत २५ बर्षदेखि विकासमा उपेक्षित रहेको यस क्षेत्रमा हामी चुनाव जित्यांै भने ५ बर्ष भित्रै विकासको रेल कुदाउने विश्वास व्यक्त गरे । सो क्षेत्रमा अर्बपति विनोद चौधरीको आगमनले त्यस क्षेत्रको समस्या सामाधान र विकासमा कुनै चिन्ता नरहने मतदाताहरुलाई विस्वास दिलाए । सोहि निर्वाचन क्षेत्रमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदमा अर्बपति बिनोद चौधरीको उम्मेदवारी रहेको छ भने नेता कलवार ख क्षेत्रमा प्रदेशसभा सदस्य पदको उम्मेदवार छन् ।
चुनावी घरदैलोमा रहेका नेता कलवारले, विगत २५ बर्षदेखि उक्त क्षेत्र चर्चित नेता ह्देश त्रिपाठीको कब्जामा छ तर अझै बाटोमा धुलो उडेको छ, बेरोजगारी उस्तै छ, सुस्ता र गण्डकको समस्या ज्युकोत्यु रहेको नेता कलवारले आरोप लगाए ।
उनले भने, यस क्षेत्रमा पुर्वाधार, खानेपानी, बाटोघाटो अस्पताल शिक्षा, कृषि लगायतको क्षेत्रमा जुन गतिमा विकास हुनु पर्ने हो भएको छैन, त्यस्तै यहाँ गण्डक, उखु, मिटर ब्याज, बेरोजगारी लगायतको समस्याहरु सामाधान पनि भएको छैन तर अब यि सबै समस्याको सामाधान र विकास हुने निश्चित देखिएकोले आफुँ र अर्बपति चौधरीलाई भारी मतलदे बिजयी गराउन मतदाताहरुमा आग्रह गरे । यस क्षेत्रमा अब विकासको रेल दु्रत गतिमा कुदछ रोजगारीको समस्या समाधान हुन्छ नेता कलवारले मतदाताहरुलाई विस्वास दिलाए ।