परासी, २७ र्कािक । प्रदेशसभा सदस्य पदका उम्मेदवार बैजनाथ जयसवालले शिक्षा क्षेत्रको विकासमा आफनोे महत्पुर्ण भुमिका रहने विश्सास दिलाउनु भएको छ । नवलपरासी निर्वाचन क्षेत्र २ (ख) मा कांग्रेसबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार नेता जयसवालले गुणस्तर शिक्षाका लागि शिक्षा क्षेत्रको विकासलाई आफनो मुख्य एजेण्डामा राखी चुनावी मैदानमा उत्रिएको जानकारी दिनु भयो ।
चुनावी घरदैलोमा व्यस्त नेता जयसवालले शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुको समाधान गर्न र शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पहल गर्न आफनो उम्मेदवारी अगाडी सारेको जिकिर गर्नु भयो । आईतबार पाल्हीनन्दन गाउँपालका वडा ६ सनईमा घरदैलो तथा चुनावी कोणसभामा नेता जयसवालले शैक्षिक गुणस्तर र शैक्षिक सुधारमा विगतदेखि आफुँ काम गर्दै आएको जिकिर गर्नु भयो ।

उहाँले शिक्षा क्षेत्रमा देखिएको शिक्षक दरबन्दी, भौतिक संरचना, शैक्षिक सामाग्री जस्ता मुख्य समस्या सामाधानका लागि सरकारलाई झक्झकाउने र शैक्षिक गुणस्तरमा सुधार ल्याउन आफुँ लागी पर्ने बताउनु भयो । आफनो उम्मेदवारी नविकरण गरिदिन मतदाताहरुमा आग्रह गर्दै नेता जयसवालले यस क्षेत्रको कृषि क्षेत्रमा मल, सिँचाई, बिउबिजन औषधीको समस्या सामाधान गर्न, युवाहरुलाई स्वरोजगार बनाउन, यस क्षेत्रका बाटोघाटोहरु पिच गर्ने, आवश्यक ठाउँमा पुल पुलेसाहरु बनाउन, यस क्षेत्रको पर्यटन विकास गर्ने र यहाँका पिडत जनताहरुको अधिकार सुनिश्चित गराउने आफनो उम्मेदवारी रहेको प्रतिबद्धता जाहेर गर्नु भयो । यस क्षेत्रमा जसपाबाट धरेन्द्र यादव, लोसपाबाट नगेन्द्र अग्रहरी, जनमतबाट सन्तोष गिरी लगायतका उम्मेदवारहरु छन् ।