मेराे क्षेत्रका स्वाभिमानी मतदाता अर्बपति चाैधरीकाे पैसामा विक्दैनन् : नेता त्रिपाठी

0
316

परासी, २७ कार्तिक । जनता प्रगतिशिल पार्टीका अध्यक्ष पुर्वमन्त्री ह्देश त्रिपाठीले, यस क्षेत्रको मतदाता पैसामा किन्ने सपना अर्बपतिलाई छोडन सुझाव दिएका छन् । नेता त्रिपाठीले, ‘‘यस क्षेत्रका मतदाताहरु स्वभिमानी हुन्, पैसामा विक्दैनन” भन्दै अर्बपति बिनोद चौधरीले यहाँको मत पैसामा किन्ने सपना छोडन सुझाव दिएका हुन् । जनता प्रगतिशिल पार्टी र नेकपा एमालेको गठबन्धनले आईतबार सरावल ७ भुजहवाँमा आयोजना गरेको चुनावी कोणसभा सम्बोधन गर्दै नेता त्रिपाठीले यहाँका मतदाता अर्बपतिको रुपियामा नबिक्ने दावी गरे ।

सभा सम्बोधन गर्दै नेता त्रिपाठीले आफुँ कलंकित हुनबाट जोगिन चुनावी मैदानमा उत्रिएको भन्दै सबै राजनितिक कार्यकर्ताहरुको ईज्जत प्रतिष्ठा बचाउन आफँु एक राजनितिक व्यक्ति भएको हुनाले आफनो फर्ज रहेको जिकिर गरे । नेता त्रिपाठीले भने, ‘‘यदि म चुनाव लडेको भए यहाँका जनताले त्रिपाठी अर्बपति बिनोद चौधरीको पैसामा विक्यो वा त्रसेर मैदान छोडयो भन्ने आरोप लाग्थ्या तर म आफुँ त्यस कलंकबाट जोगिन चौधरीको चुनौती स्वीकार गरेको जिकिर गरे ।

नेता त्रिपाठी नवलपरासी पश्चिम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भई अर्बपति बिनोद चौधरी संगको प्रतिस्पर्धामा छन् । चुनावी घरदैलोमा भिडिएका नेता त्रिपाठी आफुँलाई सहयोग गर्न मतदाताहरुमा आग्रह गरे । यस निर्वाचन क्षेत्रमा जनता प्रगतिशिल पार्टी र नेकपा एमालेको चुनावी तालमेल छ भने कांग्रेसको सत्तापक्ष ५ दलिय गठबन्धन छ । जप्रपा र एमालेका साझा उम्मेदवार नेता त्रिपाठी यस पटक नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्बपति चौधरी आमने सामने भएका छन् । यस क्षेत्रमा अर्बपति चौधरी र नेता त्रिपाठी बिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेता त्रिपाठी आईतबार सरवालको ६,७ मा कोणसभा र चुनावी घरदैलो कार्यक्रम गरेका थिए । कोणसभामा पार्टीका विभिन्न नेता कार्यकर्ताहरुले आ–आफनो धारणा रोखका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here