परासी, २० भदौ । बर्षाैंदेखि ओझेलमा रहेको जिल्लाको ऐतिहासिक नन्दन तालमा राष्ट्रपति तराई मधेश चुरे संरक्षण समितिले संरक्षणका लागि चासो देखाएको छ । पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिका क्षेत्रमा फैलिएको करिब ४५ विघा क्षेत्रफलको उतm ताल संरक्षण अभावमा अतिक्रमित हँुदै खेतमा परिणत हुँदै गइरहेको अवस्थामा अहिले उतm समितिले चासो देखाउँदै सोमबार तालको स्थलगत अवलोकन गरेको हो ।
समितिले गर्दै आएको सीमसार संरक्षण अन्तर्गत नै नन्दनतालको संरक्षणका लागि चासो लिएको जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर रायले बताए । जिसससँग समन्वय गरि समितिको तर्फबाट ४ जना विज्ञ टोलीले ताल भएकै स्थानमा गई स्थलगत अवलोकन गरेको रायले जनाए । उनका अनुसार विगत बर्षमा पनि तालबारे विभिन्न सरोकारवालाले संरक्षणको आवश्यकता दर्शाउँदै आएका थिए ।
महाभारत काल देखि नै तालको इतिहास रहेको मान्यता छ । तत्कालिन भगवान कृष्णको नारायणी सेनाले तालको निर्माण गरेको दन्त्यकथा छ । त्यसै गरि बुद्धकालमा पनि भगवान गौतम बुद्धका अग्रश्रावक समेत रहेका उनका भाई भिक्षु आनन्दको नामसँग समेत तालको इतिहास जोडिने गरिन्छ ।
केही ब्यतिmले ताल अतिक्रमण गरि जग्गाधनी पूर्जा बनाउने प्रयास गरे पनि सो बारे मुद्दा परेपछि सर्बोच्च अदालतले तालको जग्गालाई पूर्जा दिन नमिल्ने गरी फैसला गरिदिएका कारण अहिले ताल जोगिएको छ । केही ब्यतिmले खेतीपाती गर्ने गरेका छन् । तर उनीहरूसंग पुर्जा छैन्, तालको अवलोकन गराउँदै पाल्हीनन्दन गाउँपालिका ६ का वडा अध्यक्ष किसन यादवले बताए । ताल संरक्षणका लागि गाउँपालिकाले पनि आफ्नो कार्यक्रममा राखेको छ, उनले चुरे समितिका पदाधिकारी र विज्ञहरूसंग कुरा गर्दै भने, सबैको सहयोग भयो भने पुनः तालको स्वरूपमा फर्काउन सकिन्छ ।
ताल संरक्षणमा खासै लागनी पनि गर्न नपर्ने जनाउँदै वडा अध्यक्ष यादवले भने–‘अहिले तालको जग्गा खाली गराउन सहमति गराई सकेका छौ । ताल खाली गरेनन भने उनीहरू मुद्दा पनि हाल्छौ ।’ अहिलेको नयाँ संहिता कानुन अनुसार प्राकृतिक सम्पदामा हानी नोक्सानी गर्नेलाई दश बर्ष कैद सजाय समेत रहेको छ । त्यसबारे स्थानियलाई पनि थाहा भई सकेको छ । अब जबरजस्ती ताल कब्जा गर्ने दुस्साहस गरे जेल जानु पर्ने अवस्था पनि आउन सक्छ ।
यसले गर्दा ताल अतिक्रमण खाली गराएर तालको संरक्षण गर्न सक्ने वातावरण सहज भएको यादवको भनाई थियो । तालबाट बग्ने कुलोको पानी बग्ने मुहान(आउटलेट) मा रेगुलेटर बनाएर पानी बाह्रै महिना रोक्न मिल्ने उनले जनाए । पानी बगीरहेको स्थान देखाउँदै वडा अध्यक्ष यादवले भने, यही बनाउनका लागि आर्थिक लगानी आवश्यक छ । चुरे समितिले सहयोग गरेमा एक बर्ष भित्रै ताल हेर्न लायक हुने छ । अहिले बर्षा मौसम छ, ताल जस्तै देखिएको छ,तर हिउँदमा तालको पानी बगेर ताल सुके पछि खेत जस्तो हुन्छ । त्यही भएर पनि तालको अतिक्रमण बढेको उनले बताए ।
तलको पानी बग्ने स्थानमा रेगुलेटर सहितको ड्याम(बाँध) बनाईदिए सहज तरिकाले पानी जम्मा हुने र तालका जलचर,चरा पंक्षीहरूको संरक्षण हुनुका साथै सिमसारको अवस्था बन्ने र त्यसले जमिनलाई पानी सोस्ने गरि (रिचार्ज) गरिरहने छ । संकटको बेला पनि यस ताललाई पानी आपूर्ति गर्न सक्ने पनि अवस्था यादवले विज्ञ टोलीलाई देखाए ।
नेपाल गण्डक पश्चिमी सिंचाई नहर प्रणालीसंग जोडिएको उतm तालमा पानी कम भए गण्डक नहरबाट पनि पानी भरेर सधै जल भरिभराउ राख्न सकिन्छ । तर यसका लागि प्रमुख कार्य तालबाट बग्ने पानीको मुहानलाई थुन्ने लगानी चाहियो । तालको संरक्षण अतिआवश्यक भइसकेको विज्ञ टोलीले जानकारी गराए । यो बर्षलाई ४० देखी ५० लाख रुपियाँ लगानी गर्ने जानकारी समेत गराएको थियो ।
तालको अवस्था देखेर हर्षित टोलीले ताल देखियो, अब यसका लागि बजेट समेत विनियोजन गरिएको छ । मंसिर देखी तालको सर्वेक्षण गर्ने, सिमाँकन र रेखाँकन गरेर तालको गुरुयोजना समेत बनाई दिइने र अति आवश्यक पुर्वाधार समेत निर्माण गरिने जानकारी गराएको जिसस प्रमुख रायले जानकारी दिए ।
यसले अब तालको संरक्षण हुनेमा हामी विश्वत भएका छौ, प्रमुख रायले भने, ताल संरक्षणमा सरकारको ध्यान पुगेको छ,अब स्थानिय जनता,जनप्रतिनिधि र स्थानिय तहले समेत हातेमालो गरेर अगाडी बढनु पर्ने आवश्यकता छ । सधै जस्तो समस्या देखाएर मात्र हुदैन, उनले थपे, अहिले अवसर आएको छ, यसको भरपुर उपयोग गरिनु पर्छ । ताल संरक्षणले प्राकृतिक सौन्दर्यता मात्रै नभई स्थानीय स्तरमा पर्यटकीय गन्तब्य बन्ने र स्थानियबासीलाई रोजगार समेत सृजना गर्ने रायले बताएका थिए । (साभारः बुटवल टुडे)