परासी, २६ कार्तिक । जसपा–एमाले गठबन्धनका उम्मेदवार जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले आफनो चुनावी घरदैलो कार्यक्रमा तिब्रता दिएका छन् । नवलपरासी निर्वाचन क्षेत्र २ को (ख) मा जसपाबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार नेता यादवले आफनो निर्वाचन क्षेत्रको समस्या सामाधान आफनो पहिलो प्राथमिकतामा रहेको मतदाताहरुलाई विश्वास दिलाए ।
आफनो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै नेता यादवले, कृषि क्षेत्रमा मल, सिँचाई, बिउबिजन औषधीको समस्या सामाधान गर्न, युवाहरुलाई स्वरोजगार बनाउन, यस क्षेत्रका बाटोघाटोहरु पिच गर्ने, आवश्यक ठाउँमा पुल पुलेसाहरु बनाउन, यस क्षेत्रको पर्यटन विकास गर्ने र यहाँका पिडत जनताहरुको अधिकार सुनिश्चित गराउने आफनो मुल मुद्दा रहेको जिकिर गरे ।
नेता यादव, मतदाता भेटदै यस क्षेत्रका विकासका लागि आफुँलाई मतदान गर्न आग्रह गर्दै कसैको झुठा आश्वासनमा नपर्न आग्रह गरे । नेता यादव चुनावी मैदानमा रहदा उनी प्रति मतदाताको समर्थन बढदै गएको छ ।