परासी, २५ कार्तिक । स्वतन्त्रबाट प्रतिनिधिसभ सदस्य पदका उम्मेदवार अजय शाहीले, अर्बपति बिनोद चौधरीको रुपिया र नेता ह्देश त्रिपाठीको झुठा आश्वासनले काम नगर्ने दावी गरेका छन् । नवलपरासीको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता शाहीले यहाँका जनताहरु रुपिया र झुठा आश्वासनमा नबिक्ने भन्दै यसपटक परिवर्तन खोजेका छन् जुन हामी जस्ता ईमान्दार युवा नेता रहको बताए । हिजाो शुक्रबार बर्दघाटमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता शाहीले यस पटक आउदो मशिंर ४ गतेको निर्वाचनमा आफनो प्रतिस्पर्धीको रुपमा रहेका कांग्रेसबाट अर्बपति चौधरी र जप्रपाबाट भिडिएका नेता त्रिपाठीलाई जनताले विदायी गर्दे म स्वतन्त्र उम्मेदवारलाई बिजयी गराउने दावी गरे ।

कार्यक्रममा शाहीले नेपालकै डलर अर्वपति विनोद चौधरी सत्ता गठबन्धन नेपाली कांग्रेसको तर्फ बाट पाहुना उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएको तर उहाँले जनताको जनजिविकाको लागी भन्दा पनि आफ्नो व्यवसाय विस्तारका लागी आएको र अहिले पैसाकै बलमा चुनाव जित्छु दिवा सपना देखिरहेको हुदा यहाँका जनताले राम्रो संग बुझेकाले अब चौधरीलाई ४ गते पछी यस क्षेत्रबाट जनताले खाली हात विदा गर्ने धारणा राखे । साथै उहाँले अर्वपति चौधरी यस अगावै विभिन्न दलबाट दुई दुई पटक समानुपातिक सांसद भएपनि आफ्नो क्षेत्रमा कुनै काम नगरेका कारण त्यहाका मतदाताले नपत्याउने हुदा चौधरीले पाहुना उम्मेद्वारको रुपमा यस क्षेत्रलाई आफ्नो चुनावी गढ बनाएको र गठबन्धनका कार्यकर्ताले समेत बुझिसकेकाले चौधरीलाई मत नदिने यहाँका मतदाताले निर्णय गरिसकेको समेत बताए ।
साथै उहाँले यस क्षेत्रका अर्का उम्मेद्वार नेकपा एमालेको समर्थनमा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठी पनि यस क्षेत्रबाट बारम्बार प्रतिनिधि भई मन्त्रि समेत बन्दा पनि यस क्षेत्रको समस्या समाधानका लागी कुनै पहल नगरेको र जनतालाई बारम्बार आश्वासन मात्रै दिदै आएकोले यसपाली मतदाताले त्रिपाठीलाई पनि आराम गर्न अवसर प्रदान गर्ने बताउदै स्वतन्त्रका नाममा पार्टी नै खोली अन्य नेता समेत यस क्षेत्रमा चुनावी माहोलमा रहेको हुदा वास्तविक स्वतन्त्र आफु मात्रै रहेकाले आगामी निर्वाचनमा यहाँका मतदाताले माछा चुनाव चिन्हमा छाप लगाई भारि मतले विजयी गराउनेमा आफु विश्वस्त रहेको बताए । सो सभामा विभिन्न दलका नेता कार्यकर्ता, तथा मतदाताहरुको बाक्लो उपस्थिती रहेको थियो । जिल्लामा विभिन्न दलका उम्मेदवारहरुले विभिन्न ठाउमा चुनावी सभा तथा मतदाता भेटघाटमा ब्यस्त रहेका छन ।