मधेसी र पिडितबर्गका जनताको अधिकार सुनिश्चित गराउन मेरो पहल रह्ने छ : नेता नगेन्द्र अग्रहरी

0
615

परासी,२५ कार्तिक । लोसपाबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार नगेन्द्र अग्रहरीले मधेसी जनता र आम पिडित जनताहरुको हक अधिकार स्थापित गराउन आफ्नो उम्मेदवारी रहेको बताएका छन। चुनाबी घरदैलो कार्यक्रममा भिडिएका नेता अग्रहरीले मतदातालाई भेट्दै आफू र आफ्नो पार्टीले मधेसी जनता र आम पिडित बर्गको अधिकार सुनिश्चित गराउन पहल गर्ने प्रतिबद्धता जनाए। उनले ठुला दलहरु मधेस र पिडित बर्गको एजेन्डा छोडेर स्वार्थको मुद्दामा लागेको आरोप लगाउदै आफ्नो पार्टी मधेसी, दलित, अल्पसंख्यक, मुस्लिम, जनजाती लगायत पिडित बर्गका मुद्दा नछोडेको दाबी गरे।

बिगतका समयदेखि यश क्षेत्रबाट विभिन्न कालखण्डमा काङ्ग्रेस, एमाले र जसपाका प्रतिनिधिहरु संघीय सन्सद, प्रदेसमा प्रतिनिधित्व गर्दै आएका छन तर मधेसी जनता र पिडित समुदाय बर्गका जनताहरुको बारेमा खासै आवज बुलन्द गरेको पाइदैन। त्यस्ता जनताहरु अझै पनि आफ्नो अधिकारबाट बन्चित छन तर आफ्नो उम्मेदवारी यिनै समस्याहरुको सामाधान गर्न सो समुदाय बर्गको वकालत गर्न उम्मेदवारी रहेको मतदाताहरुलाई बिश्वास दिलाए।
नेता अग्रहरी लोसपाबाट निर्वाचन क्षेत्र २ ख को प्रदेश सभा सदस्य पदका उम्मेदवार हुन। यश निर्वाचनमा लोसपा र राप्रपाको चुनावी तालमेल छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here