एमालेका स्थानीय नेता अमिरुल्लाह मिया सहित ४२ जनाले गरे काङ्ग्रेसमा प्रवेश

0
518

परासी, २५ कार्तिक । नवलपरासीमा काङ्ग्रेस प्रती जनताहरुको आकर्षक बढ्दै गएको छ। आज परासीमा नेकपा एमाले पार्टी परित्याग गरि अमिरुल्लाह मिया सहित ३२ जना एमालेका कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन भने १० जना विभिन्न पार्टी छोडी काङ्ग्रेसमा प्रवेश गरेका हुन।

नेपाली काङ्ग्रेस रामग्राम वडा २ कार्यसमितिको पार्टी प्रवेश कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य पुर्ब गृहराज्य मन्त्री देबेन्द्र राज कंडेलले खादा माला लगाई नेता अमिरुल्लाह मिया सहित कुल ४२ जनालाई पार्टीमा प्रवेश गराउनु भएको हो। पार्टी प्रबेश कार्यक्रममा ३२ जना एमाले र १० जना विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेको नगर सभापति श्रीधर बस्यालले जानकारी दिनु भयो। नेता अमिरुल्लाह गएको स्थानीय चुनाबमा एमालेबाटी वडाअध्यक्ष पदमा लडेका थिए। उनलाई एमालेले जिल्ला कमेटीमा स्थान दिने आश्वासन दिएको थियो।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नेता कंडेलले, काङ्ग्रेस पार्टी लोकतन्त्र र संविधानको रक्षा गर्ने पार्टी रहेकाले यो बाहेक अरु पार्टीमा जनताको भलो नहुने बिचार ब्यक्त गर्नु भयो।

पार्टी प्रवेश गरेपछि नेता अमिरुल्लाह मियाले अन्त धेरै भट्के तर अब आफ्नै पुरानो घरमा फर्केको र यहि पार्टी हामी सबैको हितमा रहेको जिकिर गर्नु भयो।

कार्यक्रममा काङ्ग्रेसका पुर्ब क्षेत्रीय सभापति एव रामग्रामका पुर्ब मेयर नरेन्द्र गुप्ता, पार्टीका पुर्ब जिल्ला सचिब गजानन्द पटेल, प्रतिनिधि तर्फ समानुपातिक उम्मेदवार अयोध्या यादब, प्रदेश तर्फ समानुपातिक उम्मेदवार राधेश्याम पाठक, नगर सभापति श्रीधर बस्याल लगायतले मन्तव्य राखे । कार्यक्रमा विभिन्न नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here