कृषि उत्पादनको मुल्य ताेक्न उच्च स्तरीय मुल्य निर्धारण आयोग बन्न पर्छ : नेता त्रिपाठी

0
369

परासी, २५ कार्तिक । जनता प्रगतिशिल पार्टीका अध्यक्ष पुर्वमन्त्री ह्देश त्रिपाठीले, कृषि उत्पादनको मुल्य निर्धारण गर्न एक उच्च स्तरीय मुल्य निर्धारण आयोग गठन हुनु पर्नेमा जोड दिनु भएको छ । कुनैपनि बस्तुको मुल्य निर्धारण उत्पादनकर्ता कम्पनी तथा व्यक्तिहरु आफै गर्छन तर किसानले उत्पादन गरेको उप्जनीको मुल्य बिचौलिया र व्यपारीले गर्ने हुँदा किसानहरु मर्कामा पर्ने गर्दछन जसको सामाधानका लागि सरकारले उच्च स्तरीय मुल्य निर्धारण आयोगको गठन गर्न आवश्यक रहेको सुझाव दिनु भयो ।

नवलपरासी पश्चिम निर्वाचन क्षेत्र १ बाट जनता प्रगतिशिल पार्टी र नेकपा एमालेको चुनावी तालमेलबाट प्रतिनिधि सभा सदसय पदका उम्मेदवार रहेको नेता त्रिपाठीले किसानको समस्या सामाधानका लागि सधंै लडेको छुँ र आगामी दिनमा पनि लडने प्रतिबद्धता जाहेर गर्नु भयो । चुनावी घरदैलोमा व्यस्त रहेका नेता नेता त्रिपाठीले भन्नु भयो, ‘‘यो गठबन्धन सरकार मल ल्याउन असफल भयो, किसानका समस्या सामाधान भएनन, सरकार मुखदर्शक बनेको छ ।”

नेता त्रिपाठीले मतदाता माझ पुगी ‘‘यो लडाई एक राजनितिक कार्यकर्ता र एक अर्बपति बिचको रहेकाले यसमा आफुलाई सहयोग गर्न मतदाताहरुलाई आग्रह गर्दै आफना अधुरा योजनाहरु पुरा गर्न र पुर्वधार, शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, रोजगारी लगायतका क्षेत्रमा विकास गर्न आफनो महत्वपुर्ण भमिका रहने विश्वास दिलाउनु भयो । नेता त्रिपाठी उक्त क्षेत्रबाट सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका थिए भने यसपटक अफनै पार्टीका कोदालो बोकेको किसान चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा नेता त्रिपाठी र अर्बपति चौधरीको कडाप्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here