परासी, २४ कार्तिक । लोसपाबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी गरेका नेता नगेन्द्र अग्रहरी यो चुनाव आफनो पक्षमा रहेको जिकिर गर्नु भएको छ । नवलपरासी पश्चिम रामग्राम नगरपालिका वडा १४ को घरदैलो कार्यक्रमा रहेका नेता अग्रहरी, आफुँ प्रति मतदाताको आकर्षण र समर्थन बढदै गएकाले यस पटक चुनाव आफुँ नै जित्ने दावी गर्नु भयो । नगेन्द्र अग्रहरी नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २ (ख) मा लोसपा–राप्रपाको गठबन्धनबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार हुन् ।

चुनावी प्रचार प्रसार अन्तर्गत घरदैलो कार्यक्रममा व्यस्त रहेका नेता अग्रहरी गत चुनाव थोरै मतान्तरले हारेका थिए । मधेश र मधेशी जनताको मुद्दालाई स्थापित गराउन चुनावी मैदानमा उत्रिका नेता अग्रहरी गत चुनाव हारेकाले यस पटक उनी प्रति मतदाताको सिम्प्याथी रहेकाले उनि प्रति आकर्षण र समर्थन बढदै गएको उनले जिकिर गरे । उनले भने, ‘‘हामी चुनाव प्रचार प्रसारमा छांै, नेताहरु चुनाव जितेर जाने अनि मतदाता र यस क्षेत्रको विकासलाई बिर्सिने गर्छन, म त्यसस्तो नेता होईनांै, म सधंै जनताको सुखदुखमा साथ दिईरहन्छुँ, अब जनताले नयाँ चेहरा खोजेका छन र त्यो नयाँ चेहरा आफुँ रहेको उनले दावी गरे ।”
नेता अग्रहरी भन्छन्, ‘‘ म झुठा आश्वासन दिने व्यक्ति होईन, म जे बोल्छु त्यो गर्छु, म चुनाव जिते यस क्षेत्रको समग्र विकास र यहाँको समस्या सामाधानमा पहल गरिरहने मतदाता सामु प्रतिबद्धता जाहेर गरे ।” मतदाताले चुनावमा यस पटक परिवर्तन खोजेको छ । सोही क्षेत्रबाट नेपाली कांग्रेसका बैजनाथ जयसवाल, जसपाका धरेन्द्र यादव कडा प्रतिस्पर्धामा छन् ।