पुल बनाउने ठेकेदार फरार : सास्ती खेप्दै यात्रु

0
491

सहबान अन्सारी-

सुस्ता, २० भदौ । नवलपरासीको पक्लिहवाँ र गुठी पर्साैनी गाउँ जोडने धोबाहा पुल निर्माण गर्ने ठेकेदार फरार भएपछि पुल अलपत्र परेको छ । पुल निर्माण कार्य गर्दा गर्दै नसकेर ठेकेदार सम्पर्क विहिन भएपछि पुल निर्माण कार्य अलपत्र परेको छ भने आवत जावत गर्ने यात्रु सास्ती भोग्न बाध्य भएका छन् ।

सडक डिभिजन कार्यालय बुटवलले नवलपरासीको प्रतापपुर गाउँपालिका ६ स्थित धोबाहा खोलाको पुल निर्माण कार्य गर्न महा मृत्यन्जय कन्ट्रक्सन प्रा.लि.हेटौडालाई ठेक्का दिएको थियो । ठेक्का पाएको ठेकेदार कम्पनीले पिलड धाँस्ने कार्य समेत नसकेर फरार भएपछि पुलको निर्माण कार्य अलपत्र परी यात्रीहरुलाई समस्या भएको यात्रीहरु गुनासो गरेका छन् । यसै आर्थिक बर्षको माघ मसान्तमा ठेक्का म्याद सकिने हो तर अहिलेसम्म पुल निर्माणको २० प्रतिशत पनि कार्य भएको छैन ।

करिब ५० मिटर लम्बाईको बन्ने पुल अलपत्र परेपछि यात्रीहरु जोखिम मोल लिएर पानी तारेर आवत जावत गर्न बाध्य भएका छन् । बर्षाको समयमा घोलको पानी बढने गर्दा आवत जावत पनि ठप्प हुने गरेको छ । सुख्खा समयमा पनि सो बाटोमा पानीको बहाव रही रहन्छ जसले गर्दा स–साना सवारी साधन एवं पैदल यात्रीहरुलाई यात्रा गर्न निकै कठिनाई हुने प्रतापपुर गाउँपालिका प्रमुख राजकुमार शर्माले बताए । यो पुल साविक पक्लिहवाँ र गुठी पर्साेनी गाविसको सिमाना थियो । हाल प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिको सिमाना भएको छ ।

पुल अलपत्र परेकाले सो बाटोलाई सुचारु गर्न सुस्ता गाऊपालिका र स्थानियहरुको सहयोगमा पुलको एक साईडमा होमपाईप जडान गरि डाईभर्सन बनाइएको छ तर पानीको सतह बाटो भन्दा माथि उठदै जाँदा सो डाईभर्सन पनि काम नलाग्ने भएको छ । यो पुल सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकालाई जोडने पुलको रुपमा लिइने गरिन्छ । यस पुलको विकल्पमा एउटा अर्को सानो पैदल यात्रा मात्र गर्न सक्ने पुल छ तर त्यो पुल जिर्ण अवस्थामा रहेकाले दैनिकी आवत जावत गर्ने मानिसहरुलाई त्यो पुल जोखीपुर्ण बनेको बताउछन् ।

पुल निर्माण गर्ने ठेकेदारलाई पटक पटक सम्पर्कमा ल्याउन खोज्दा ठेकेदार सम्पर्कमा नआएको गाउँपालिका प्रमुख शर्माले बताए । बर्षाको समयमा यात्रीहरु जोखीमपुर्ण पैदल यात्रा गरेर खोला त पार गर्दछन तर सदरमुकाम परासी देखी पक्लिहवा सम्म चल्ने याताया प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here