परासी, २४ कार्तिक । पुर्वगृह राज्यमन्त्री देवेन्द्रराज कण्डेल चुनावी चर्चामा छन् । राजनितिक क्षेत्रमा कृयाशिल र नवलपरासीमा राजनितिक संरक्षकको रुपमा रहेका नेता कण्डेल यतिबेला चुनावी घरदैलामा चर्चा बटुलिरहेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता कण्डेल जिल्लाको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् । चर्चित र राजनितिमा अभिभावकको रुपमा रहेका नेता कण्डेल आफनो एजेण्डा सहित मतदाताहरुको घरदैलामा पुगिरहदा उनको विषयमा मतदाताहरु चर्चापरिर्चा गरिरहेका छन् ।

२०४६ सालदेखि राजनितिमा सकृय रही जनताहरुको सेवा गर्दै र यस क्षेत्रको विकास र यहाँको समस्याको सामाधानका लागि पहल गर्दै आएको नेता कण्डेल जिल्लामा चर्चाका विषय बनेका छन् । चुनावी मैदानमा उत्रिएर आज रामग्राम नगरपालिका वडा ११ को घरदैलो कार्यक्रमा व्यस्त रहेका नेताको चुनाव यस पटक के होला भनि जनताहरुमा चाँसोको विषयमा बनेको छ ।
जिल्लामा मतदाताहरुलाई भेटिदा अधिकांश मतदाताहरुले, ‘ मुन्ना बाबुलाई मतदान गरि जिताइयो त्यसपाली , फेरि पनि मुन्ना बाबु यसपाली’ भन्दै यो नारा कण्डेलको निर्वाचन क्षेत्रमा सर्बत्र गुञ्जिरहेको छ । लामो समय राजनीति गरेर स्थानीय रुपमा गरेको विकास र राजनीतिक चरित्रले कंडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’ ।
‘सामाजिक क्षेत्रमा समेत अग्रणी योगदान दिईरहेका कंडेलको ख्यातीकै कारण ‘मुन्ना बाबु’ भन्दै जनताले प्रिय नेताका रुपमा चिन्दछन’ स्थानीय मतदाताले भने ‘हाम्रो नेता नै मुन्ना बाबु हो, अरु को उठिरहेको छ चिन्दापनि चिन्दैनौं, हामी यस पटकपनि मुन्ना बाबुलाई नै मतदान गर्ने भन्छन ।’
नेता कण्डेलकै क्षेत्रबाट नेकपा एमालेबाट दिपेन्द्र अधिकारी, राप्रपाबाट धु्रव बहादुर प्रधान, जनमतबाट बिजी चौधरी, स्वतन्त्रबाट बिजय अग्रहरी, धर्मेन्द्र गिरी लगातको उम्मेदवारी छ ।