नेता त्रिपाठीको अर्बपति चौधरीलाई प्रश्न, १० बर्ष सांसद रहदा के–के विकासका काम गर्नु भयो ?

0
488

परासी, २४ कार्तिक । जनता प्रगतिशिल पार्टीका अध्यक्ष पुर्वमन्त्री ह्देश त्रिपाठीले, अर्बपति बिनोद चौधरी पनि १० बर्ष सांसद रहे तर विकास के काम गरे भनि प्रश्न गरेका छन् । नवलपरासीमा विकास भएन भन्ने आरोप लगाउने अर्बपति चौधरीले पनि दुई पटक सांसद भए तर उनले के–के विकासका काम गरे म लाई औलामा गनाई दिन त्रिपाठीले चुनौती दिए ।
नवलपरासी पश्चिम निर्वाचन क्षेत्र १ बाट जनता प्रगतिशिल पार्टी र नेकपा एमालेको चुनावी गठबन्धबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता त्रिपाठीले चुनावी घरदैलो कार्यक्रम अन्तर्गत बर्दघाट १६ मा आयोजित कोणसभा सम्बोधन गर्दै आफनो प्रतिस्पर्धी अर्बपति चौधरीले यस्तो प्रश्न गरे । अर्बपति चौधरी सोही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका उम्ेदवार र नेता त्रिपाठी संगको प्रतिस्पर्धामा छन् ।

नेता त्रिपाठीले सभा सम्बोधन गर्दै यो लडाई एक राजनितिक कार्यकर्ता र एक अर्बपति बिचको रहेकाले यसलाई म राजतिनिक प्रतिस्पर्धाकै रुपमा नलिएको भन्दै अर्बपति चौधरीलाई हामीले नवलपरासीमा उद्योग खोल्न प्रयाप्त पुर्वाधारहरुको विकास गरिदिएकोले उनी अब राजनिति भन्दा व्यपारमा लाग्न सुझाव दिए । नेता त्रिपाठीले आफनो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पुर्वाधार लगायतको व्यापक विकास गरेको र अब किसानको समस्या दिर्घकालिन रुपमा सामाधान गर्न पहल गन बताए ।

नेता त्रिपाठीले ‘‘अहिलेको गठबन्धन सरकार मल ल्याउनमा फेल भयो, देशमा मलको हाहाकार छ, यहाँ किसानहरुले आफनो उत्पादको मुल्य तोक्न पाउदैनन, बिचौलियाले मुल्य तोक्छ” अब यि सबै समस्या सामाधानका लागि पनि मेरा सदनमा उपस्थिती आवश्यक रहेकाले एकपटक फेरि मतदाता संग मतको भिख माग्नु भयो ।
नेता त्रिपाठीले अधुरो काम पुरा गर्न, यस क्षेत्रको समस्याहरु सामाधान गर्न र राजनितिक कार्यकर्ताहरुको संरक्षणका लागि आफुँ चुनावी मैदानमा उत्रेको बताउनु भयो ।
सभामा निर्वाचन क्षेत्र १ (क) मा नेकपा एमालेबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार पुण्य प्रसाद पौडेल, नेत्री सरिता खनाल, एमालेका जिल्ला सचिव धिरज शर्मा बस्याल लगायतले मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here